Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निरन्तरको झरीले नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम, अवस्था बुझेरमात्रै यात्रा गर्न प्रहरीको अनुरोध

- shuvadmin / मङ्गलबार, भदौ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, रातिदेखिको झरीले नारायणगढ-मुग्लिन सडकको विभिन्न ठाउँमा स-साना पहिरो तथा ढुंगा खसिरहेको छ ।

चितवन भएर चल्ने सवारी साधन अवरुद्ध नभएपनि ठाउँठाउँमा स-साना पहिरो खसिरहेको प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार बिहान इच्छाकामना ३, मौवाखोला र फिस्लिङबीचमा लेदोसहितको पहिरो खसेको छ ।

पहिरो पन्छाएर सडक सवारी आवागमन खुलाइएको छ भने नारायणगढ मुग्लिन सडकको बीचमा ठाउँ ठाउँका ढुंगा खसिरहेको छ ।

बिहान ८ बजे इच्छाकामना-५ को तीन नम्बर पुलमाथिबाट खसेको ढुंगाले एउटा कारमा सामान्य क्षति पुगेको छ ।

कारमा सवार भने सकुशल छन् । काठमाडौंबाट चितवनतर्फ आइरहेको उक्त कारलाई गन्तव्यतर्फ पठाइसकेको डीएसपी रिजालले बताए ।

निरन्तर पानी परिरहेकोले पहिरो तथा ढुंगा खस्ने जोखिम कायम रहेको हुँदा अत्यावश्यक कामबाहेक यात्रामा ननिस्किन प्रहरीले अनुरोध गरेको छ ।

कतै निस्कनुपरे सडकको अवस्थाबारे जानकारी लिएरमात्रै हिँड्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ ।

Page Views: 32
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
देशका विभिन्न राजमार्गहरू अवरुद्ध
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama