Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, असोज ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुर्खेतमा गाडी दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षको मृत्यु

- shuvadmin / मङ्गलबार, भदौ ०४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

हुम्ला, हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा उपाध्यक्ष कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सडक छेउको नालामा खस्दा अन्य २३ जना घाइते भएका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए।

‘दुर्घटनामा परेर उहाँ (उपाध्यक्ष कार्की) गम्भीर घाइते हुनु भएको थियो,’ डीएसपी विश्वकर्माले भने, ‘नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारको क्रममा गएराति पौने २ बजे उहाँको मृत्यु भएको हो।’

३९ वर्षीय कार्की माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष निर्वाचत भएका थिए।

उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका पति हुन्। कार्की माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सचिवालय सदस्य थिए ।

दुर्घटनामा घाइते भएका अन्य २३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको विश्वकर्माले बताए। अरु घाइते सबै खतरामुक्त छन्।

Page Views: 103
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama