Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेमिफाइनल सम्भावना कायम राख्न माल्दिभ्सलाई जित्नैपर्ने दवावमा भुटान

- shuvadmin / बुधबार, भदौ ०५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साफ यू–२० च्याम्पियनसिपअन्तर्गत समूह बीको खेलमा आज (बुधबार) भुटान र माल्दिभ्स भिड्दै छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

च्याम्पियनसिपमा माल्दिभ्सले पहिलो खेल खेल्न लागेको हो। माल्दिभ्स भुटानलाई हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ।

पहिलो खेलमा भारतसँग १–० गोलअन्तरले पराजित भुटान पनि माल्दिभ्सलाई जित्दै अन्तिम चारको यात्रा जीवित राख्न चाहन्छ।

माल्दिभ्ससँग हारे भुटान समूह चरणबाटै बाहिरिनेछ। त्यसैले सेमिफाइनल सम्भावना कायम राख्न भुटान जित्नै पर्ने दबाबमा छ।

आज भुटानले माल्दिभ्सलाई हराए र समूह चरणको अर्को खेलमा पनि माल्दिभ्स भारतसँग हारे भुटान सेमिफाइनल पुग्नेछ।

त्यसैले आजको खेलमा भुटानले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ। यसअघि समूह एबाट नेपाल र बंगलादेश सेमिफाइनल पुगिसकेका छन्।

श्रीलंका भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको छ।

श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलअन्तरले र दोस्रो खेलमा बंगलादेशसँग २–० गोलअन्तरले हारेको थियो।

समूह चरणमा भोलि बिहीबार नेपाल र बंगलादेशबीच हुने खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

Page Views: 59
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama