Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भ्रष्टाचारमा हदम्यादको विरोधमा युवाहरूले गरे वालुवाटार घेराउ

- shuvadmin / शनिबार, भदौ ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरूले बालुवाटार घेराउ गरेका छन् ।

शनिबार भ्रष्टाचारमा हदम्यादको कुरा स्वीकार्य नहुनेलगायत विभिन्न मागहरु राख्दै युवाहरूको समूहले बालुवाटारमा आन्दोलन गरेका हुन् ।

सोही क्रममा, नागरिक पहिलो अभियान केन्द्रीय जनपरिचालन कार्यदलको संयोजक मिलन कान्छा किराँतीले देशमा वैधानिक रुपमा लुट मच्चाइ रहेको भन्दै बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई चेतावनीको रूपमा पनि घेराउ गरेको बताए ।

उनले भने, ‘अहिले देशमा वैधानिक रुपमा लुट मच्चाइएको छ । यो नागरिकले सहन सक्दैँन् ।

देशको विकास गर्ने हो भने भ्रष्टाचारलाई पहिलो नम्बरमा सकाउनु पर्छ र संविधानको लागि काम गर्नुपर्छ ।

बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई एउटा चेतावनीको रुपमा पनि घेराउ हो । बालुवाटारमा बसेर ठिक ढंगले काम नगर्ने हो भने खाली गर्नुपर्ने अवस्था आउँछ भनेर सचेत पनि गराउन आएका छौ ।’

यस्तै उनले देशको समृद्धि र विकासको लागि सबैभन्दा पहिला भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्ने भन्दै भ्रष्टाचारलाई पनि हदम्याद राखेर वैधानिक बनाउने कुरा स्वीकार्य नभएको बताए ।

उनले भने, ‘मुठिभरका शासक र दलहरूले देशका युवाहरूलाई र जनताको अधिकारलाई खोस्नु भएको छ ।

खोसिएको अधिकार र देशको समृद्धि एवं विकासका लागि पहिले भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्छ ।

भ्रष्टाचारलाई हदम्याद राखेर वैधानिक बनाउने कोसिस भएको छ । पाँच वर्षको हदम्याद कुनै पनि हिसाबले लागू हुनुहुँदैन । स्वीकार्य हुदैँन भन्नको लागि युवाहरू सडकमा उत्रिएका छन् ।’

उनीहरूले गिरीबन्धु टी स्टेट, भुटानी शरणार्थी, ललिता निवास लगायतका अनियमितताको काण्डमा अनुसन्धान गर्न तथा ⁠वित्तीय क्षेत्र, बैंक सहकारी, लघुवित्त, मिटरव्याजी पीडितहरूका समस्या तुरुन्त सम्बोधन गर्न माग गरेका छन् ।

Page Views: 34
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama