Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

केही समयपछि फुटेर गएका बाँकी माओवादी पनि एकतावद्ध हुन्छन् : अध्यक्ष दाहाल

- shuvadmin / शनिबार, भदौ ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा माओवादी केन्द्रकाअ अध्यक्ष पुष्पकमल दाहालले केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकतावद्ध हुने दावी गरेका छन्।

शनिबार माओवादी केन्द्रको काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टी कसैले फुटाउन नसक्ने ठोकुवा गरे।

‘हाम्रो तीनवटा प्रदेशको बैठक सकियो, म तात्तातो तपाईहरुलाई भन्दैछु,’ उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउन सक्दैन्। हिल्याउन सक्दैन्।

बरु हेर्नुहोला, केही समयपछि फुटेर गएका बाँकी रहेका माओवादीहरु पनि एकतावद्ध हुन्छन्। माओवादी आन्दोलन एकतावद्ध गरेर हामी अगाडी बढ्छौँ।’

माओवादीहरुलाई एकतावद्ध पार्नु नै आफ्नो लक्ष्य भएको अध्यक्ष दाहालको भनाइ छ। ‘यही हाम्रो लक्ष्य हो,’ उनले भने, ‘हाम्रो पार्टी फुटाउने षड्यन्त्र त प्रतिक्रियावादीहरुले जनयुद्धका बेला पनि गरे। पछि पनि गरेकै हुन्।

केही साथीहरु विभाजित भएर जानु पनि भएको हो। धेरैजसो फर्केर हामी एकतावद्ध भयौँ। बाँकी रहेकासँग पनि एकता, वार्ता चलिराखेको छ। छिट्टै हामी एकतावद्ध हुने प्रयासमा अगाडी बढिराखेका छौँ।’

उनले जनताको घर–आँगनमा गएर २०६४ सालको जस्तै मत ल्याउन सकिने भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

फरक प्रसँगमा अध्यक्ष दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालिन सरकार ढालेर बर्तमान सरकार बनाइएको जिकिर समेत गरे।

Page Views: 94
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama