Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जीपसँग मोटरसाइकल ठोकिँदा काठमाडौँको नागार्जुनमा युवकको मृत्यु

- shuvadmin / आइतबार, भदौ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौँको नागार्जुनमा शनिबार गाडीमा मोटरसाइकल ठोकिँदा घाइते भएका युवकको मृत्यु भएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार शनिबार (भदौ ८ गते) दिउँसो अन्दाजी १२:१५ बजे नागार्जुन नगरपालिका ७, स्थित बिन्दावासिनी सडकखण्डमा स्विजरल्यान्ड पार्कबाट कलंकीतर्फ जाँदै गरेको प्र। ०१–०२५ च ९२४३ नम्बरको योधा जीप र विपरीत दिशाबाट आइरहेको बा. प्र.०२-०१७ प १०९ नम्बरको यामाहा भी -३ मोटरसाइकल आपसमा ठोकिएका हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दोलखा शैलुङ्गेश्वर नगरपालिका-६ घर भई हाल काठमाडौँ-१३, छाउनी बस्ने वर्ष २० का सजन सुवेदीको उपचारका क्रममा मृत्यु भएको थियो।

दुर्घटनालगत्तै उनलाई उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल हस्पिटल लगिएको र उपचारका क्रममा शनिबारै दिउँसो १:४५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि भागेका जीप चालक सुनसरीको गढी गाउँपालिका-५ घर भई हाल काठमाडौँको नैकाप बस्ने वर्ष ४३ का जगत्‌बहादुर मगरलाई त्यही दिन अपराह्न ५:२५ बजे पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Page Views: 52
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama