Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालको एपीएफ क्लबले पहिलो पटक हुन लागेको एएफसी वुमन्स च्याम्पियनसिपमा सहभागिता जनाउँदै

- shuvadmin / आइतबार, भदौ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालको एपीएफ क्लबले पहिलो पटक हुन लागेको एएफसी वुमन्स च्याम्पियनसिपमा सहभागिता जनाउँदै छ ।

एसिया फुटबल महासंघ (एएफसी) ले पहिलो पटक एएफसी वुमन्स च्याम्पियन्स लिग आयोजना गर्न लागेको हो ।

पहिलो संस्करण यस प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालबाट एपीएफ क्ललबे प्रतिस्पर्धा गर्दैछ ।

जुन नेपाली क्लबका लागि इतिहास हो । नेपालमा महिला लिग च्याम्पियनको रुपमा एपीएफले यस प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

घरेलु फुटबल कमजोर भइरहेको अवस्थामा पछिल्लो समय महिला फुटबलले अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरिरहेको छ ।

अहिले एपीएफले महादेशीयस्तरको क्लब प्रतियोगिता खेल्नु नेपाली फुटबलकै लागि उपलब्धी हो ।

पहिलो पटक हुन लागेको महादेशीयस्तरको प्रतियोगिता खेल्ने एपीएफ टोली निकै उत्साहित छ ।

क्लब प्रतियोगिता भएपनि देशकै प्रतिनिधित्व हुनेछ । ‘जुनियर, सिनियर खेलाडीहरु छन् ।

हामी एकदम उत्साहित छौँ’, एपीएफकी कप्तान अनिता बस्नेतले मलेसिया जानुअघि अनलाइनखबरसँग भनिन् ।

यस्तै एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले पनि पहिलो पटक खेल्न लागेको ठूलो उत्साह रहेको बताए । ‘मलाई जिम्मा दिए ।

पहिला पुरुष टिममा काम गरेको । महिला पनि नेसनल टिममा काम गरेको भएर अहिले त्यही टिमलाई एपीएफमा सेट बनाएको छु ।

पुलिस आर्मीबाट पनि २-२ जना खेलाडी थपेका छौँ’, उनले अनलाइनखबरसँग भने, ‘पहिलो पटक वुमन्स च्याम्पियन्स लिग खेल्न लागेकोले खेलाडीहरु पनि उत्साहित छन् । म पनि उत्साहित छु ।’

प्रतियोगिताको लागि अनिता बस्नेतको कप्तानीमा रहेको एपीएफ टोली बिहीबार मलेसिया प्रस्थान गरिसकेको छ ।

एपीएफले आइतबार (आज) उज्वेकिस्तानको नासाफसँग खेल्नेछ । यस्तै समूहको दोस्रो खेलमा एपीएफले मलेसियन टोली साबाहसँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

नासाफ र साबाहबीच अर्को साता शनिबार खेल हुनेछ । प्रारम्भिक चरणमा १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहको विजेता टोली अन्तिम चरणमा छनोट हुनेछ ।

च्याम्पियन्स लिगको अन्तिम चरण अक्टोबर ६ देखि १२ सम्म हुनेछ । जसमा शीर्ष १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एपीएफ टिम र तयारी

राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बापोसहित अधिकांश खेलाडी एपीएफ टिममा रहेकोले अहिले छिमको तयारी राम्रो भएको प्रशिक्षक र कप्तानको भनाइ छ । कप्तान अनिताले टिमको तयारी राम्रो भएको बताइन् ।

एपीएफमा राष्ट्रिय टिमकै अधिकांश सदस्यहरु रहेकोले पनि राष्ट्रिय टिमको तयारीले गर्दा यस पटक लामो समयमको तयारी भएको अनिताको भनाइ छ ।

‘हाम्रो निरन्तर खेलिराको र राष्ट्रिय टिममा पनि सँगै खेलिराको भएर टिम राम्रो बनेको छ । हरेक पोजिसनमा खेलाडी थप गरेका छौँ’, उनले भनिन् ।

एपीएफमा हाल राष्ट्रिय टिमका १३ खेलाडी छन् । यस्तै पूर्वकप्तान अनु लामा पनि टिममा छन् भने यसै प्रतियोगिताको लागि भनेर एपीएफले अन्य टोलीबाट चार खेलाडी थप समेत गरेको छ ।

राष्ट्रिय टिमको पहिलो रोजाइमै खेल्ने एन्जिलासहित डिफेण्डर गीता राना, हिरा भुजेल, मिडफिल्डर सरु लिम्बू, रेनुका नगरकोटी, प्रीति राई, फरवार्ड सविता राना मगर, रश्मीकुमारी घिसिङजस्ता खेलाडी एपीएफकै हुन् ।

त्यसमा च्याम्पियन्स लिगकै लागि भनेर एपीएफले त्रिभुवन आर्मी क्लबबाट मिडफिल्डर दिपा शाही र फरवार्ड अमिसा कार्की तथा नेपाल पुलिस क्लबबाट गोलकिपर उषा नाथ र डिफेण्डर अमृता जैशीलाई अनुबन्ध गरेको छ ।

उषा बाहेक बाकी खेलाडी राष्ट्रिय टिममा समेत पहिलो रोजाइमै खेल्ने खेलाडी हुन् ।

चार खेलाडी थप गर्दा टिम राम्रो बनेको प्रशिक्षक तामाङले बताउँछन् । ‘नयाँ खेलाडी नभएको भएर एक अर्कालाई चिन्छन् ।

दुई विभागको प्लेअर आउँदा राम्रो हुन्छ’, उनी भन्छन्, ‘मैले सबेको नाम खेल्ने तरिका चिनेको छु मुख्य कुरा भनेको मेरो फिलोसोफी के हो बुझेको छ । स्टाइल अफ प्ले पनि बुझेको छ ।’

यस्तै प्रीति राई पनि टिममा समावेश भएपछि कम्बिनेसन अझ राम्रो बनेको तामाङले बताए । ‘उ आउनेबित्तिकै यता सबै चेन्ज भयो ।

अहिले प्रीतिको क्वालिटी राम्रो छ । उ भएपछि अट्यकिङमा राम्रो छ गोल हान्ला नहान्ला ठिक छ । मैले अनिता र रश्मीलाई प्रयोग गरिराछु अनु लामा अनुभवी छ’, उनले भने ।

यसअघि प्रीति साउदीमा लिग खेल्न जाने भनेपनि अन्तिम समयम गइनन् । उनले एपीएफबाट खेल्ने भएपछि टिम पनि उत्साहित छ ।

बर्खाका कारण तयारी राम्रोसँग गर्न नपाएको तामाङले बताए । ‘हामीले जुलाई १४ बाट प्रशिक्षण सुरु गरेको छ ।

तर, पीडा भन्ने कि क भन्ने पानी धेरै पर्‍यो । यू२० र चर्च ब्वाइजको ट्रेनिङले गर्दा एन्फा कम्प्लेक्स माग गरेपनि पाएनौँ ।

यहीँ गर्दा हिलो भयो । पहिला ठिकै थियो पछि समस्या भयो । चिप्लिने बल कन्ट्रोल नहुने जस्ता समस्या भयो’,’ तामाङले भने ।

उनले अगाडि भने, ’जुन तरिकाले जान खोजेको त्यो गर्न दिएन । अट्याक गर्दा पनि लग्यो लग्यो अनि रोकिन्छ जुन पेसमा जान पर्ने भएन । हिलोले चुनौती भयो ।’

लक्ष्य अन्तिम चरण

एपीएफ रहेको समूह सी मा तीन टोली मात्र छ । एपीएफले प्रारम्भिक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चरणमा पुग्ने लक्ष्य बनाएको छ ।

हाम्रो लक्ष्य अन्तिम चरणमा पुग्ने नै हो । सकिन्छ सकिन्न त्यो आफ्नो ठाउँमा छ’, प्रशिक्षक तामाङले भने ।

प्रशिक्षक तामाङले नासाफसँग पहिलो खेलमा अंक लिन सके सजिलो हुने बताए ।

‘हामीले नासाफसँग खेल्दा एउटा राम्रो योजना बनाएर ३ वा १ नम्बर लिन सक्यो भने सहज हुन्छ ।

त्यहाँ जित्न सक्यो भने राम्रो हुन्छ । सजिलो हुन्छ’, उनले भने । प्रशिक्षक तामाङले टिमको स्ट्राइकङमा भने केही समस्या रहेको बताए ।

उनले नेपाली फुटबलकी गोल मेसिन साम्बा नहुँदा समस्या भएको बताए ।

त्यसको विकल्पमा फरवार्डमा अनिता केसी र रश्मी घिसिङलाई तयार पारिरहेको बताए ।

कप्तान अनिताले पनि यो राम्रो अवसर रहअकोले अन्तिम चरणमा पुग्ने लक्ष्य नै रहेको बताए । ‘यसलाई मैले राम्रो अवसरको रुपमा लिएको छ ।

हाम्रो टार्गेट त अन्तिम चरणमा पुग्ने नै हो’, उनले भनिन्, ‘दुई खेल खेल्छौँ विपक्षी जति बलियो भएपनि डोमिनेट गरेर खेल्नेर् र अन्तिम चरणमा पुग्ने हो ।

मलेसियन भन्दा उज्वेक टिम अली बलियो छ। त्यही अनुसार कोचले रणनीति बनाउने हो । हामी त्यही अनुसार म्याच खेल्नेछौँ ।’

नेपालले आगामी अक्टोबरमा साफ महिला च्याम्पियनसिप घरेलु मैदानमा खेल्दैछ । त्यसका लागि यो प्रतियोगिता राम्रो तयारी हुने प्रशिक्षक तामाङले बताए ।

यो प्रतियोगिताले धेरै अर्थ राख्छ । मैले खेलाडीलाई पनि त्यही कुरा गरिराछु । हामी अहिले क्लब प्रतियोगिता खेल्न जान्छौँ ।

तर, हाम्रो टार्गेट साफको लागि छ । साफमा जित्नको लागि यहाँ राम्रो खेल्नुपर्‍यो । यहाँ राम्रो खेलेपछि साफमा कन्फिडेन्ट बढ्छ’, उनले भने ।

साम्बा नहुँदा घाटा

नेपाली क्लबले महादेशीयस्तरमा यति ठूलो प्रतियोगिता खेल्दा नेपाली फुटबलकी स्टार र गोलमेसिन सावित्रा भण्डारी साम्बा भने हुने छैनन् ।

उनी व्यावसायिक फुटबल खेल्न हाल फ्रान्समा छिन् । प्रशिक्षक तामाङले साम्बा बेस्ट स्ट्राइकर भएकोले उनी नहुँदा असर त पर्ने बताए ।

साम्बा नहुँदा असर पर्छ किनभने उ ‘वान अफ दि बेस्ट स्ट्राइकर’ हो । उसँग स्किल र क्वालिटी छ’, तामाङले भने ।

साम्बा गोल गर्ने खेलाडी भएकोले उनी नहुँदा त्यसमा फरक पर्ने बताए ।

उनले भने, ‘उसको काम गोल गर्ने हो जसरी पनि गोल गर्छ । उसले वाफमा ९ गोल गर्‍यो । त्यसले गर्दा उ नहुँदा फरक चाही पर्छ ।’

साम्बा नहुँदा अर्को योजना बनाएर अघि बढ्नुपर्ने तामाङले बताए । मसँग साम्बा छैन भने मैल त्यसमा काम गर्नुपर्‍यो ।

स्ट्राइकरमा काम गर्न पर्‍यो । अट्याकिङ मिडफिल्डर नम्बर नाइन र विंगरले पनि गोल गर्न सक्छ भनेर तयार पार्न पर्‍यो ।’

यस्तै कप्तान अनिताले पनि साम्बा टिममा चाहिने प्लेहर भएकोले मिस हुने बताइन् ।

अरु जुनियर खेलाडीहरु पनि राम्रो रहेकोले उनको अभाव हुन नदिने बताइन् । ‘साम्बा टिमलाई चाहिने प्लेअर हो ।

उ नहुँदा अली मिस त हुन्छ । नयाँ बहिनीहरु पनि क्वालिटी छ’, उनले भनिन्, ‘साम्बा जस्तो क्षमता त नहोला ।

हामी टिम स्प्रिट र टिम वर्क गर्दै साम्बा नभएको महसुस हुन दिँदैनौँ भन्ने लक्ष्य छ ।’

Page Views: 49
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama