Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस र एमाले भ्रष्ट, घमन्डी र दलालवादी पार्टी हो : सम्मानित नेता खनाल

- shuvadmin / आइतबार, भदौ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका दुई ठूला पार्टी भ्रष्ट भएको आरोप लगाएका छन् ।

आइतबार एकीकृत समाजवादी केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमाले सबैभन्दा घमन्डी र दलालवादी पार्टी भएको आरोप लगाएका हुन् ।

उनले भने, ‘अहिले दुई पार्टीको सरकार बनेको छ । यस्तो विश्व परस्थितिमा दुई दलको सरकार बनेको छ । दुई वटै घमन्डी र भ्रष्ट पार्टी हुन् ।

अवसरवादी पार्टीहरू हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादकै प्रतिनिधि भइहाल्यो, अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो ।

दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादीको घेराबन्दीमा गठबन्धन सरकार बनेर के निश्चित गर्छ भने दुई पार्टी सिस्टममा बस्न सक्दैनन् ।’

उनले एउटै पार्टीले बहुमत लिएर आए पनि मल्टिपाटी सिस्टममा नटिक्ने जिकिर गरे ।

उनले भने, ‘कमसेकम नेपालमा असम्भव छ, मल्टिपाटी सिस्टम । केही हुनेवाला पनि छैन ।

देशमा मल्टिपाटी सिस्टम स्थापना भए पनि पुँजीवादी मल्टिपाटी सिस्टम हो । पुँजीवादमा मल्टिपाटी सिस्टम अन्त्यसम्म रहन्छ ।’

Page Views: 80
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama