Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चार गुणाले बढ्यो शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या

- shuvadmin / मङ्गलबार, भदौ ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणाले बढेको छ ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले ६७ औं वार्षिकोत्सवको अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा अस्पतालमा शल्यक्रियाबाट बच्चा जन्माउनेको सङ्ख्या चार गुणले बढेको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २२ हजार ६१३ सय शिशुक जन्मिएका थिए ।

जसमध्ये नौ हजार ६५२ जना जन्म शल्यक्रियाबाट भएको उनको भनाइ छ । एक वर्षमा अस्पतालले एक लाख ९४ हजार ४९० बहिरङ्ग सेवा दिएको उनले बताए ।

एक वर्षमा अस्पतालमा ३० हजार ९५२ जना बिरामी भर्ना भएका थिए । जसमध्ये २५ हजार ११६ जनाले प्रसूतिसम्बन्धी र स्त्रीरोगतर्फ पाँच हजार ८३६ जना रहेका थिए ।

त्यसैगरी, दुई हजार सात सय ८७ नवजात शिशुको उपचार गरिएको थियो । मातृ सघन उपचारतर्फ ४५४ जना भर्ना भएर उपचार गराएका थिए ।

तीन हजार १३३ जनाको विभिन्न गाइनोको शल्यक्रिया गरिएको मध्ये २५७ जनाको दूरबिन प्रविधिबाट शल्यक्रिया गरिएको डा. अधिकारीले जानकारी दिए ।

अस्पतालले हालसम्म ५८ जना सेवाग्राहीलाई आइ.भी.एफ सेवा दिएको जानकारी दिए ।

अस्पतालले आइ.भी.एफ सेवा २०७२ सालको भूकम्पपश्चात् स्थगनमा रहेको र आ.व. २०७८/७९ देखि यस सेवालाई स्तरोन्नति गरी पुनः नियमित रूपमा सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा रहेको निःसन्तान तथा आइ।भी।एफ सेवा इकाईबाट गत वर्षमा नौ हजार ११ जनाले निःसन्तान दम्पत्तिले सेवा लिएका छन् ।

जसमध्ये दुई सय २२ जनालाई आइ.यू.आई सेवा र २० जना निःसन्तान दम्पतीले आइ।भि।एफ सेवा लिएको जानकारी दिए ।

अस्पतालले आइ.भी.एफ. सेवाको गुणस्तर बढाउन हालै इक्सी मेसिन सेवा सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

अस्पतालले वि.स. २०७९ सालबाट ह्युमन मिल्क बैङ्क सञ्चालनमा ल्याएको थियो ।

सो सेवाअन्तर्गत अस्पतालले एक वर्षमा एक हजार १६१ आमाबाट ७९८ लिटर दुध सङ्कलन गरिएको छ ।

१६ सय ६३ नवजात शिशुलाई यो सेवा प्रदान गरिएको डा. अधिकारीको भनाइ छ ।

डा. अधिकारीका अनुसार अस्पतालले गर्भावस्थाको शिशुको मुटुको जाँच सेवा गत २०८१ जेठ १ देखि नै सञ्चालनमा आइसकेको छ ।

भ्रूणसम्बन्धी विकलाङ्ग अवस्थाको पहिचानका लागि सरकारको नीति तथा कार्यक्रममा समेत सम्बोधन गरेको हुँदा यस अस्पतालमा एनोमोली स्क्यान निरन्तर भइरहेकोमा हाल अस्पतालमा नियमित तवरबाट गर्भावस्थामा रहेको शिशुको मुटुको जाँच ९फेटल इको तथा मेटर्नल इको० सम्बन्धी सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

उनका अनुसार अस्पतालले नवजात शिशुको वंशाणुगत रोगको पहिचान गर्न न्यु बर्न स्क्रिनिङ्ग सेवा यसै वर्ष २०८१ साउन २९ गतेदेखि सञ्चालनमा ल्याइएको छ ।

जसले गर्दा जन्मपश्चात् हुने मानसिक सुस्तता, दीर्घरोग एवम् नवजात तथा बाल मृत्युदर घटाउन थप टेवा पुग्ने अपेक्षास्वरूप यो सेवा ल्याइएको हो ।

विक्रम संवत् २०१६ साल भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट सुरु भएको अस्पताल हाल ४८९ शय्याबाट सेवा दिँदै आएको छ ।

Page Views: 32
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama