Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, कार्तिक ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रतिवेदन परिमार्जन गर्न महामन्त्रीद्वयले नमानेपछि संकटमा सभापति देउवा, केन्द्रीय समिति वैठक अनिश्चित

- shuvadmin / बुधबार, भदौ १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रतिवेदनका केही विषय संशोधन नगरी अनुमोदन नहुने प्रष्ट जवाफ दिएका छन्।

तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने आफ्नो अडानबाट टसमस भएका छैनन्। प्रतिवेदनको भाषा मिलाउन तयार भएपनि भाव मर्न दिनु नहुनेमा उनीहरू एकमत छन्।

महामन्त्री थापाले २०८२ मंसिरमा १५ औँ महाधिवेशन गर्नुपर्ने, चुनावअघि कुनै दलसँग पनि गठबन्धन नगर्ने आफ्नो सांगठनिक प्रस्तावमा उल्लेख गरेका छन्।

त्यस्तै, शर्माले राजनीतिक प्रस्तावमा नेताहरूको अवकाशको व्यवस्था गर्नुपर्ने बताएका छन्।

२०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्तावमा यी विषय उठाएका छन्।

साउन २३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माका प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्, केही पदाधिकारी बोल्न बाँकी छ।

तर, सभापति देउवा दुवै महामन्त्रीले गरेका यी प्रस्ताव राख्न नहुने पक्षमा छन्। त्यसलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ।

तर, त्यसमा राखिएका कुरा संशोधन वा परिमार्जन गर्न थापा र शर्मा तयार छैनन्।

मंगलबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीद्वय थापा र शर्मा र गृहमन्त्री समेत रहेका रमेश लेखकलाई बोलाएर देउवाले प्रतिवेदनका केही विषय सच्याउनपर्ने बताएका हुन्।

‘०८२ मा महाधिवेशन माग्ने ०८४ को चुनावको अहिले निर्णय गरौँ भन्ने कुरा असान्दर्भिक भयो भन्ने छ,’ देउवानिकट एक नेताले भने, ‘अर्को कुरा राजनीतिक दलमा कोही मानिसलाई यति वर्षमा भर्ती हुने र यति वर्षमा रिटायर्ड हुने भन्ने भएन।

यो एक्जिट पोलिसी पनि स्वीकार गर्ने खालको भएन। केन्द्रीय नेताहरू यसको विपक्षमा हुनुहुन्छ।’

‘उहाँहरू (थापा–शर्माले) दुईवटा विषय नझिकी अरु विषयमा कसरी छलफल गर्नु र !’ ती नेताले थपे, ‘पार्टीको रणनीतिलाई प्रतिवेदनमा किन राख्नुपर्‍यो।’

थापा–शर्माको प्रतिवेदनलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने छ। तर, परिमार्जन नभई केन्द्रीय कार्यसमितिले स्वामित्व लिने सम्भावना न्यून रहेको ती नेता दाबी गर्छन्।

‘यो एक्लैले गर्ने होइन। त्यसैले केन्द्रीय समितिले नै स्वीकार नगरेपछि उहाँहरू (थापा–शर्मा) अल्पमतमा पर्ने खतरा रोक्न सभापतिले समन्वय गरिरहनुभएको छ,’ उनले थपे।

अब भदौ १३ गते फेरि खड्का र गुरुङ तथा थापा र शर्मासँग छलफल गरेर निचोड निकाल्ने प्रयासमा सभापति देउवा छन्।

जसका लागि केन्द्रीय कार्यसमिति बैठक १६ गतेसम्मलाई सारिएको उपसभापति गुरुङले बताए।

‘आज ( भाद्र ११ )  केही भएको छैन तर, राम्रै कुराकानी भयो। भोलि (भदौ १३ गते) फेरि सभापतिसँग छलफल हुन्छ,’ गुरुङले भने, ‘केन्द्रीय कार्यसमिति बैठक पनि  १२ गतेबाट १६ सम्म सारिएको छ।’

उनका अनुसार विषय धेरै भएकोले सबैमा सहमति कायम नगरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुन कठिन छ।

‘बाहिरबाट हेर्दा मात्र केही विषय मिलाउनुपर्ने देखिन्छ तर, भित्र मिलाउनुपर्ने धेरै छ, तीन–तीनवटा त प्रतिवेदन नै छ,’ गुरुङले थपे, ‘त्यही भएर यसले समय लिन्छ।’

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीको प्रस्तावमा मध्यमार्गी उपायको खोजीमा सभापति देउवा प्रयासरत रहेको दावी गरे।

थापा र शर्माले प्रतिवेदन सच्याएर ल्याउनेमा सभापति देउवा आशावादी छन्।

‘उहाँहरूले त्यो तयारी गरिरहनु भएको छ, अब दुईचारजना नेताहरू बस्नुहुन्छ र सच्याएर प्रतिवेदन आउँछ,’ विश्वकर्माले भने।

देउवा पक्षीय नेताहरू महामन्त्री थापा र शर्माको प्रतिवेदनका केही प्रस्तावमा बहुमत केन्द्रीय कार्यसमिति सदस्यको विमति रहेको बताउँछन्।

उपसभापति गुरुङ भने प्रतिवेदनमा भाषा मिलाउने कुरा सामान्य रहेको बताउँछन्।

महासमिति बैठकले पनि महामन्त्रीद्वयका प्रस्ताव छलफल गरेर केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्न सुझाव दिएको थियो।

Page Views: 102
संबन्धित शिर्षकहरु
दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
आज दुईवटा अध्यादेश जारी
दसैँका लागि नोट साट्दै सर्वसाधारण
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama