Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महामन्त्रीको प्रतिवेदनमाथि जुटेन सहमति, सभापति देउवाले वोलाए पूर्व र वर्तमान पदाधिकारीको बैठक

- shuvadmin / बिहिबार, भदौ १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडान कायम राखेका छन्।

२०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए।

प्रतिवेदनमा चुनावअघि कुनै दलसँग पनि गठबन्धन नगर्ने र नेताहरूको अवकाश हुने व्यवस्था गर्नुपर्ने बताएका थिए।

उक्त प्रतिवेदनमाथि गत साउन २३ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा थापा र शर्माको प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ।

केन्द्रीय कार्यसमिति बैठक आगामी भदौ १६ गते बस्दैछ। त्यसअघि देउवाले महामन्त्रीद्वयसँग छलफल गरिरहेका छन्।

गत मंगलबार पनि महामन्त्रीद्वयसहित पार्टीका दुई उपसभापतिसँग सभापति देउवाले वार्ता गरेका थिए। यद्यपि, उनीहरू आ–आफ्नो अडान छाड्न तयार भएका थिएनन्।

त्यसपछि आज ९बिहीबार० पनि सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका थिए। देउवा निवास बूढानीलकण्ठमा भएको छलफल आज पनि निष्कर्षविहीन टुंगिएको छ।

आजको छलफलले पनि प्रतिवेदनको सन्दर्भमा कुनै निष्कर्ष निकालेको स्रोतले बताएको छ।

‘महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्छ भन्ने सभापति कुरा छ,’ स्रोतले भन्यो, ‘सरसल्लाह भइनै रहेको छ।’

सभापति देउवाले महामन्त्रीद्वयसँग बिहीबार बिहान २ घण्टा लामो छलफल गरेका थिए। बिहान ९ बजेदेखि ११ बजेसम्म भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको नेताहरूले बताएका छन्।

सभापति देउवा दुवै महामन्त्रीले गरेका यी प्रस्ताव राख्न नहुने पक्षमा छन्। त्यसलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ।

तर, त्यसमा राखिएका कुरा संशोधन वा परिमार्जन गर्न थापा र शर्मा तयार छैनन्।

Page Views: 98
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama