Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोशी प्रदेशसभा आजबाट सुरु हुने, माओेवादीले सरकारलाई दिएको सर्मथन फिर्ता लिने, कांग्रेस सत्ता पक्षमा बस्ने

- shuvadmin / शुक्रबार, भदौ १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, कोशी प्रदेशसभाको बैठक आजबाट सुरु हुँदैछ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट नीति तथा कार्यक्रम पारित गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक शुक्रवार दिउँसो १ बजेबाट सुरु हुँदैछ ।

लामो समयदेखि प्रदेशसभा बस्न नसकेपछि सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले विरोध गरेपछि भदौ ४ गते सूचना निकाल्दै भदौ १८ गतेका लागि सभा आव्हान भएको थियो ।

सोही दिन अर्को सूचना निकाल्दै प्रदेशसभाले भदौ १४ गतेका लागि प्रदेशसभा बोलाएको थियो ।

आजको प्रदेश सभामा नेपाली कांग्रेस सत्ता पक्षमा बस्न भएको छ । नेपाली काँग्रेस कोशी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले कांग्रेस सत्ता पक्षमा बस्ने बताए ।

कोशी प्रदेशमा अहिलेसम्म नेपाली काँग्रेस सरकारमा सहभागी भएको छैन ।

आन्तरिक भागबन्डा नमिलेका कारण कांग्रेस सरकारमा सहभागी नहुँदा सत्ता पक्षमा बस्ने की प्रतिपक्षमा बस्ने अन्योल हुँदै आएको थियो ।

यस अघि नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभाको बैठक अगाडि काँग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने बताउँदै आएका थिए ।

तामाङले भने सरकारमा सहभागी नभए पनि काँग्रेस सत्ता पक्षमा नै बस्छ । हामीले हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेकाले सत्ता पक्षमा बस्ने बताए।

प्रदेश निजामती सेवा ऐन हतारमा संशोधन गर्न लागेकोमा विरोध

कार्य व्यवस्था परामर्श समितिको बिहीबार बैठकले प्रदेशको निजामती सेवा ऐनलाई संशोधन सहित पारित गर्ने तयारी गरेको छ।

विवादित बन्दै गएको प्रदेश निजामती सेवा ऐनलाई हतारमा संशोधन सहित पारित गर्नु नहुने सांसदहरूले बताउँदै आएका छन् ।

निजामती सेवा ऐनमा धेरै समस्या रहेको भन्दै बैठकमा ऐन पटक पटक संशोधन गर्नु भन्दा एकै पटक छलफल गरेर लग्नु पर्ने विषय उठेको थियो ।

प्रदेश निजामती सेवा ऐनमा विवाद धेरै भए पनि लेखा समूहका कर्मचारीको मात्रै माग सम्बोधन गर्ने गरी संशोधन गर्न लागिएको भन्दै प्रदेश सभा सदस्यहरूले बताएका छन् ।

उनीहरूले समितिमा छलफल गरेर मात्रै ऐन संशोधन गर्नु पर्ने अडान राखेका छन् ।

राजनीति सहमतिको आधारमा प्रक्रिया अनुसार प्रदेश निजामती सेवा ऐनलाई संशोधन सहित पारित गरिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।

प्रदेश निजामती सेवा ऐनमा लेखा समूहका कर्मचारीको आन्दोलनलाई सम्बोधन गर्ने गरी संशोधन गरिएको छ।

लेखा समूहको वृत्ति विकास नै रोकिएको भन्दै सो समूहका कर्मचारी लामो समयदेखि आन्दोलित छन् ।

आज प्रदेश सभामा पेस हुने प्रदेश निजामती सेवा ऐनलाई सैद्धान्तिक छलफलपछि ७२ घण्टाको संशोधनको समय दिएर १९ गते पारित गर्ने गरी कार्य व्यवस्था समितिमा छलफल भएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए ।

कर्मचारीहरूको मनोबल उच्च राख्ने गरी ७२ घण्टाको संशोधनलाई समय दिइने र त्यही बेला दलीय सहमतिको आधारमा ऐन संशोधन भएर जाने उनले बताए ।

Page Views: 108
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama