Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, मङि्सर ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पारालिम्पिकमा पलेशालाई ऐतिहासिक कास्यपदक

- shuvadmin / शनिबार, भदौ १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्यपदक हात पारेकी छन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत शुक्रबार भएको के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतस्पर्धामा उनले कास्यपदक हात पारेकी हुन् ।

मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै पलेशाले कास्यपदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो खेलाडी बनेकी छन् ।

पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन् ।

तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध पाँच अङ्कको अग्रता लिँदा लिँदै उनी चुक्न पुगिन् ।

उनले उक्त खेल १०-८ ले गुमाएकी थिइन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् ।

जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्यनजिक पुगेकी थिइन् ।

पलेशा छनोटचरण पार गर्दै पेरिस पारालिम्पिक नेपालको प्रतिनिधित्व गरेकी हुन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्।

छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी पनि हुन् । पलेशा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्यपदक विजेता हुन् ।

उनीसँग टोकियो पारालिम्पिक पनि खेलेको अनुभव थियो ।

Page Views: 127
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का
  • प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
  • सुनचाँदीको मूल्य उकालाे लाग्याे
  • सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama