Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकले संशोधनसहित पारित गर्यो महासमिति बैठकमा पेस भएका दस्तावेज

- shuvadmin / सोमबार, भदौ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसको गत फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनहरू केन्द्रीय समिति बैठकले परिमार्जनसहित पारित गरेको छ ।

साउन २३ गतेदेखि आइतबार सम्म बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरू परिमार्जनसहित पारित गरेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

डा.महतले भने, ‘महामन्त्रीद्वय र उपसभापतिले प्रस्ताव राख्नुभएको थियो । परिमार्जन गरेर पास गर्न महासमितिले अनुमति दिएको थियो, आज संशोधनसहित पारित भयो ।’

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकपछि प्रवक्ता महतले गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालको रणनीतिक विषय भएकाले अहिले त्यस विषयमा कुनै निर्णय नलिई पार्टीको संगठनलाई मजबुद बनाउने र एक्लै चुनाव जित्ने अवस्था सिर्जना गर्नेमा केन्द्रीत हुने निर्णय गरेको बताए ।

उनका अनुसार महामन्त्री थापाको प्रस्तावका सन्दर्भमा पार्टी संगठनलाई चुस्तरुपमा अघि बढाउने, गाउँ/गाउँमा संगठन मजबुद बनाउने, सक्रिय सदस्यता नवीकरण र वितरण गर्ने निर्णय भएको छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माको ‘एक्जिट पोलेसी’सम्बन्धी प्रस्तावमा भने बैठकले कुनै निर्णय नलिएको उनले बताए ।

उनका अनुसार कांग्रेसमा त्यसबारे छलफल भएपनि अहिले नै निर्णय गर्नुपर्ने आवश्यकता पार्टीले ठानेन ।

Page Views: 72
संबन्धित शिर्षकहरु
कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama