Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारले जनताको अधिकार खोस्न खोज्दैछ : अध्यक्ष दाहाल

- shuvadmin / बुधबार, भदौ १९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक सकिएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा हिजो सुरु भएको बैठकमा नेताहरूले उठेको प्रश्नको अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएपछि बैठक टुंग्याइएको हो।

बैठकमा अध्यक्ष दाहालले सरकारले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास गरिरहेको भन्दै सशक्त प्रतिकार गर्न तयार रहनुपर्ने बताए।

उनले भने, ‘यो सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छ। हामीले बेलैमा खबरदारी गर्नुपर्छ। संविधान संशोधनमार्फत जनताको अधिकारलाई खोस्ने प्रयास हुँदैछ।’

उनले प्रतिपक्षमा रहेका दलहरूलाई पनि साथ लिएर सरकारविरुद्ध खरो रूपमा उत्रिनुपर्ने बताए।

उनले पार्टीभित्र अब कुनै विवाद नरहेको भन्दै एकताबद्ध भएर संगठन निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिए।

माओवादीले प्रदेश स्तरीय परामर्श समितिको बैठक बसेपछि केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ।

प्रचण्डले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श लिइसकेका छन्।

परामर्श समितिको बैठकमा पार्टीका उपमहासचिवसम्म सहभागी छन्। केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई जनता केन्द्रित बनाउने माओवादीको तयारी छ।

Page Views: 70
संबन्धित शिर्षकहरु
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
ताजा अपडेट
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama