Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मन्त्रीपरिषद्ले गर्यो प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

- shuvadmin / शुक्रबार, भदौ २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभाका लागि प्रधानमन्त्री न्यूयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताए ।

संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्यूयोर्कमा हुँदै छ ।

त्यस अन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुने छ ।

प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत सहभागी हुने छन् ।

मन्त्री भण्डारीका अनुसार मन्त्रीपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

लामाले केही समयअघि रेडियो नेपालबाट २५ वर्ष सेवाअवधि पूरा गरेर स्वैच्छिक अवकाश लिएका थिए ।

बैठकले पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलाडीसहित प्रशिक्षकलाई पाँच लाख ८५ हजार रुपियाँ र टिम व्यवस्थापनका लागि दुई लाख ९२ हजार रुपियाँसहित सम्मान प्रदान गर्ने निर्णय भएको बताए ।

मन्त्री गुरुङले आर्थिक वर्ष २०८१/८२ सालमा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानी गर्न प्रविधि सुधार तथा व्यवसाय सुधार गर्न अर्थ मन्त्रालयले संस्थालाई ६० करोड ऋण भुक्तानी गर्न स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

उक्त निर्णयपछि दुध किसानले पाउनुपर्ने भुक्तानी पाउने उनले बताए ।

अर्थ मन्त्रालयले सर्तसहित ऋणका लागि भदौ १७ गते सहमति दिएपछि मन्त्रीपरिषद्को बैठकले ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध किसानको बक्यौता रकम दसैँअघि नै भुक्तानी गर्ने पहल गरेका थिए । हाल दुग्ध किसानको एक अर्ब ५४ करोड रकम बक्यौता छ ।

चालू आव २०८१/८२ का लागि डीडीसीका नाममा ऋण लगानी अन्तर्गत एक करोड रुपियाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपियाँ रकमान्तर गरी कुल ६० करोड रुपियाँ ऋण लगानी गर्ने निर्णय भएको हो ।

Page Views: 70
संबन्धित शिर्षकहरु
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
ताजा अपडेट
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama