Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकार र संसदका कामलाई थप प्रभावकारी बनाउने सत्तारूढ दलकाबीच सहमति

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सत्तारूढ दलहरूले सरकार र संसदका समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका शीर्ष नेताहरूको आज बसेको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रूपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै बैठकले कांग्रेस र नेकपा ९एमाले०बीच भएको सात बुँदे सहमतिका विषयका आधारमा सरकारको न्यूतनम साझा कार्यक्रम बनाउने सहमति गरेको उनले बताए ।

बैठकमा संविधान संशोधन राष्ट्रको आवश्यकताका आधारमा सबैको स्वीकार्यता बढाउने गरी छलफल सुरु गर्नेलगायत विषयमा छलफल भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संविधान संशोधनका विषयलाई भ्रमपूर्ण र अवान्छित रूपमा प्रस्तुत गरेको टिप्पणी गर्दै बैठकमा सो विषयमा समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यका साथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको उनले बताए ।

यसैगरी सत्तारूढ दलबीच दलीय आधारमा फरक मान्यता र धारणा भएपनि सरकार र संसदका काममा साझा धारणाका साथ प्रस्तुत हुने सम्बन्धमा छलफल भएको मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अब्दुल खानलगायत सहभागी थिए ।

Page Views: 20
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama