Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लिग–२ खेल्न जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, धेरै खेल जित्न प्रयास गर्ने प्रशिक्षकको भनाइ

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, श्वकप क्रिकेट लिग–२ मा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ।

मंगलबार बिहान आयोजना गरिएको कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानले क्यानडा भ्रमणमा जान लागेको नेपाली टोलीलाई बिदाइ गरेको हो ।

टोली आज बेलुका क्यानडा उड्ने छ । लिग–२ को यो चरणमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

बैंगलोर र श्रीलंका भ्रमणले आफ्नो स्तर थाहा पाएको र अझै धेरै मेहनत गर्न बाँकी भएको मुख्य प्रशिक्षक मोन्टी देशाईंले बताए ।

उनले टोलीले क्यानडा र अमेरिकामा राम्रो खेल प्रस्तुत गर्ने बताए । क्यानडालगत्तै नेपाली टोली अमेरिका जाने कार्यतालिका छ ।

मुख्य प्रशिक्षक देशाईंले भने, ‘क्यानडा र अमेरिकामा आफ्नो राष्ट्रलाई गर्वका साथ चिनाउने छौँ ।

यो भ्रमणमा धेरै जित हासिल गर्ने लक्ष्य रहेको छ । हार र जीत हाम्रो हातमा नभए पनि ‘लाइन क्रस’ गर्न भने हामी प्रयास गर्नेछौँ ।’

कार्यक्रममा नेपाली टोलीको प्रतिनिधित्व गर्दै सन्दीप लामिछाने यो सिरिज खेलाडीको व्यक्तिगत क्षमता विकास गर्नका लागि मात्र नभई क्रिकेट टोलीको लागि नै महत्पूर्ण भएको बताए ।

केही खेल गुमाए पनि अन्य राष्ट्रमा गएर हाम्रो क्षमता देखाउने आत्मविश्वास अझैँ पनि कायम नै रहेको उनले बताए ।

क्रिकेट लिग–२ : नेपालको पहिलो खेल क्यानडासँग

हालै क्यानडाको ग्लोबल जी–२० मा सहभागी भएका सन्दीपले क्यानडामा विकेट लिन गाह्रो भएको तथा बैंगलोर र श्रीलंकाको तयारीले टोलीलाई ब्याटिङमा सहयोग गर्ने बताए।

सोमबार क्यानले क्यानडा भ्रमणमा जाने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । क्यानडा भ्रमणमा जगत टमाटालाई कन्सल्टिङ प्रशिक्षकको रुपमा नियुक्त गरिएको क्यानका सचिव पारस खड्काले बताए ।

अभ्यासस्वरुप टोलीले क्यानडा–११ सँग पनि एउटा खेल खेल्ने खड्काले बताए। नेपाली टोली क्यानडाबाट नै अमेरिका जाने र लगभग २ महिना राष्ट्रिय टोली नेपाल बाहिर हुने उनले जानकारी दिए ।

एकदिवसीय सिरिज सिकिएलगत्तै नेपालले ओमान र क्यानडासँग त्रिकोणात्मक टी–२० सिरिज पनि खेल्ने छ । टि ट्वान्टी सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

असोज १३ गते दोस्रो खेलमा नेपालले ओमानसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा असोज १५ गते क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा असोज १६ गते नेपालले ओमानसँग खेल्नेछ ।

विश्वकप लिग–२ मा ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। जसमध्ये अंक तालिकामा पहिलो ४ मा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा स्थान पक्का गर्नेछ।

लिग–२ मा नेपाल, नामिबिया, नेदल्याण्ड्स, स्कटल्याण्ड, यूएई, अमेरिका, क्यानडा र ओमन रहेका छन्।

गत फेब्रअरीमा नेपालको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको लिग–२ मा भएको ४ खेलमध्ये ३ मा पराजित र १ मा जीत हासिल गरेको नेपाल २ अंकसहित सातौं स्थानमा छ।

लिग–२ मा ८ खेल खेलिसकेको क्यानडा ४ मा जीत र ४ मा हारसहित तेस्रो स्थानमा छ। ४ खेलमा १ मा जीत र ३ मा पराजित भएको ओमान छैटौँ स्थानमा छ।

९ खेलमा ६ खेल जितेको नेदरल्याण्ड्स १२ अंकसहित शीर्ष स्थानमा छ। ७ खेलमध्ये ४ मा जीत र२ मा जीत हासिल गरेको स्कटल्याण्ड ९ अंकसहित दोस्रो स्थानमा छ।

नेपालको टोली 

रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)

लिग–२ अंक तालिका

Page Views: 56
संबन्धित शिर्षकहरु
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama