Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पर्यटन ब्यावसायी रामप्रसाद सापकोटाको ५० वर्षको अनुभव अब पुस्तकमा

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पर्यटन व्यवसायी रामप्रसाद सापकोटाको संस्मरण संग्रह आधा शताब्दी पुस्तक बजारमा आएको छ ।

हिालयन सोसिएल जर्नीका कार्यकारी अध्यक्ष समेत रहेका सापकोटाले जीवनको आधा शताब्दीमा गरेका काम र भोगाइलाई लिपिबद्द गरेर प्रकाशन गरेका हुन् ।

सन २००८ सालमा एक्लो प्रयासबाट शुरु भएको जर्नीले आज धरै ठाउँमा लगानी गर्ने हैसियत बनाएको छ ।

सापकोटाले सामाजिक क्षेत्रमा पनि आफूूलाई प्रमाण्ति गर्दै आएका छन् । लगानी गर्ने वातावरणले सयौं ब्यक्तिलाई रोगारी दिन सफल भएका सापकोटाको मेहनत जो कोहीका लागि मार्गदर्शन बन्न सक्छ ।

सापकोटाको मिेहनत र अथक प्रयासको संयोजनपछि तयार भएको आधा शताब्दी नामक पुस्तक पर्यटन क्षेत्रमा आउने नयाँ पुस्ताका लागि गाइड बन्ने कुरामा दुइमत छैन् ।

सामान्य ब्यक्तिले पनि आफनो जीवनका बिभिन्न उतारचढाव र तीता मिठा अनुभवहरु सम्हालेको र बटुलेको हुन्छ ।

यी कुरालाई सापकोटाले जस्ताको तस्तै पुस्तकका माध्यमबाट उतारेका छन् । उनले पुस्तकमा समेटेका धेरै कुरा प्रेरणदायी पनि हुन सक्छन् ।

पुस्तकमा आधा शताब्दी, हेलम्बू ट्रेकले जुराएको इटाली यात्रा, चौबीस घण्टापछि फर्केको जीवन, अन्नपूर्ण ट्रेक र अमेरिका यात्रा, पर्यटन नीतिमा उत्कृष्ट भुुटान, पर्यटनको सम्भावना र सुुझाव, शब्द चित्रमा पर्यटन, माओवादी हिंसाले पारेको प्रभाव, व्यवसायमा प्रवेशका दिनहरु व्यवसायभित्र देखिएका विकृतिहरु, चार वर्षमा चार अप्रेसन, लुटतन्त्रको रमिता, यदि म छोरी भएको भए र पञ्चायतदेखि गणतन्त्रसम्मका अनुभव गरी जम्मा २१ वटा शिर्षकहरु समावेश छन् ।

रु पाँच सय मुल्य रहेको सो पुस्तकलाई हिमालयन सोसल जर्नी ट्रेकिङ कम्पनीले प्रकाशन गरेको हो ।

पुस्तकमा लेखक सापकोटाले आफ्नो बाल्यकालदेखि उमेरले पचास वर्ष सेरोफेरोमा पुग्दासम्मका भोगाइ र अनुभूतिलाई सरल भाषामा उतारेका छन् ।

पर्यटनमा लाग्ने रहरदेखि सकस, संघर्ष र सफलताका प्रेरणादायी संस्मरणहरु रहेको पुस्तकमा पर्यटनभित्रका विकृति, विसंगति र अवसर, चुनौति छर्लङ्ग पारिएको छ ।

पञ्चायतदेखि गणतन्त्रसम्मका राजनीतिक परिवर्तन र नेतृत्वको अभिलेखीकरण गर्नुको साथै पुस्तकलाई लेखकका देश–परदेशसम्मका तितामिठा अनुभुतिले सुसज्जित गरिएको छ ।

पुस्तकमा लेखकले धर्म,अर्थ,काम र मोक्षका विभिन्न पाटाहरुलाई मानवीय जीवनसँग जोडेर आफ्ना संस्मरणमा उतारेका छन् ।

गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बद्रीप्रसाद पाण्डे र कृषि मन्त्री रामनाथ अधिकारीले राजधानीमा एक औपचारिक कार्यक्रमसहित लोकार्पण गरेका थिए भने साहित्यकार डा.नवराज लम्सालले पुुस्तकमा टिप्पणी गरेका थिए ।

पर्यटन ब्यावसायी लेखक सापकोटाको पहिलो प्रकाशित कृति हो ।

Page Views: 77
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama