Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपसभामुख रानालाई हटाउने तयारी, कांग्रेस/एमालेले ‘होमवर्क’ थाल्दा रास्वपाको आपत्ति

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेले आफ्ना सांसदहरूलाई आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देश गरेको छ ।

पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले सांसदहरूलाई मोबाइलमा फोन र सन्देशमार्फत उपत्यका नछाड्न निर्देशनसहितको सन्देश पठाएका हुन् ।

उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी अघि बढाइएसँगै सांसदहरूलाई एमालेले उपत्यका नछाड्न भनेको हो ।

‘पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको थियो । उक्त बैठकमा उपसभामुख रानामगरबारे छलफल भएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध उजुरी परेपछि बालुवाटारमा छलफल भएको हो ।

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औँ सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

उक्त पत्रलाई फरकधारले पहिलो पटक सार्वजनिक गरेको थियो ।

उपसभामुख रानालाई हटाउने वा नहटाउने भन्ने विषयमा बालुवाटारमा छलफल भएसँगै एमालेले आफ्ना सांसदलाई निर्देशन दिँदै उपत्यका नछाड्न भनेको हो ।

सत्तामा रहेका कांग्रेस/एमालेले उपसभामुख बाट रानालाई हटाउन ‘होमवर्क’ गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा राजनीतिक दलहरूले छलफल गर्नु बेठीक भएको बताए ।

उनले भने, ‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरू बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन ।

स्मरण रहोस्– राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैँ लड्नेछ, जनताको पक्षमा लड्नेछ ।’

संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।

Page Views: 55
संबन्धित शिर्षकहरु
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
ताजा अपडेट
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama