Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पार्टीलाई सुदृढ गर्दै भ्रष्टाचारविरुद्ध देश व्यापी आन्दोलन गरौँ : अध्यक्ष दाहाल

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सङ्गठनलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देश व्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा आफू रहेको बताएका छन् ।

साथै उनले पार्टीलाई सुदृढ तुल्याउने तर्फ दत्तचित्त भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीय बासीसँगको भेटघाटमा उनले त्यसकै लागि आफूहरू देश व्यापी बैठक र छलफलमा जुटेको बताए ।

पार्टीको मधेस प्रदेश स्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुगेका अध्यक्ष दाहालले मुलुकको अहिलेको समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारविरुद्ध देश व्यापी आन्दोलन गर्ने बताएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

अनुचित लेनदेन (मिटरब्याज)लगायत तमाम बेथितिका विरुद्ध आफूहरूले सरकारबाट सङ्कल्पका साथ सङ्घर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष दाहालले भने, ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोचमा छौँ ।’

आफ्नो पार्टीले अघि सारेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक ‘एजेण्डा’प्रति मधेसी जनसमुदायको अपार विश्वास भएको उल्लेख गर्दै उनले यो विश्वासलाई कमजोर हुन नदिएर सोहीअनुसार पार्टी सङ्गठन र नेतृत्व स्थापित गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीलाई मधेसमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रुपमा स्थापित गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेस प्रदेशको महत्वपूर्ण भूमिका रहने विश्वास उनले व्यक्त गरे ।

Page Views: 92
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama