Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बोर्डलाई पुर्नसंरचना गरी नयाँ ढंगबाट सञ्चालन गरिने : उपाध्यक्ष सापकोटा

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले बोर्डलाई पुर्नसंरचना गरी नयाँ ढंगबाट सञ्चालन गर्न आफूहरु लागिपरेको बताएका छन् ।

नव नियुुक्त प्रमुुख कार्यकाकरी अधिकृत दीपकराज जोशीको स्वागत तथा बधाइ दिन बोर्डमा आयोजित कार्यक्रममा उपाध्यक्ष सापकोटाले भने, ‘पर्यटन ऐन हामीले लामो समयदेखि आउँछ आउँछ भनिराखेका छौं ।

उनले बोर्डलाई २१औं शताब्दी सुहाउँदो बनाइने बताए । आफूहरुले भारतीय र चिनियाँ पर्यटक बढाउने कुरालाई बढी जोड दिएको बताउँदै त्यो गर्दा नेपालका सबै होटलहरु पनि भरिने बताए ।

नेपाल पर्यटन बोर्ड प्रचार प्रसारको लागि स्थापना भएकोले सोही काममा बढी केन्द्रीत हुनुपर्ने उनको भनाई छ ।

उपाध्यक्ष सापकोटाले बोर्डले त्यसमा काम गरिरहेको पनि बताए । बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत आएकाले अब कामले गति लिने पनि सापकोटाको विश्वास छ ।

पर्यटक भित्राउन सबैभन्दा पहिला पूर्वाधारको विकास र कनेक्टिभिटिमा ध्यान दिनुपर्छ’ सापकोटाले भने, ‘नेपाल एयरलाइन्सले विभिन्न देशहरुमा सिधा उडान गर्न सके नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्राउन सकिने थियो । त्यो हुन सकेको छैन् ।

नयाँ जहाज थपिन सकेको छैन् । भएकै जहाजहरु पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन् । पोखरा जाने सडक विस्तार सुरु भएको बर्षौं भइसक्यो । काम पूरा भएको छैन् । अन्य ठूला सडकमा पनि त्यस्तै समस्या छ ।’

उनले हवाई टिकटमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कुराको आलोचना गरे । त्यसको सट्टा थोरै टुरिजम कर लगाउन सकिने सापकोटाको तर्क छ ।

उनले भने, ‘म विश्वास दिलाउन चाहान्छु गत तीन–चार महिनामा हामीले भारत, चीन, थाइल्याण्ड गरी ११ वटा देशमा चार वर्षसम्म रोकेका मिशनलाई तीन महिनामा ११ वटा मिशन गयौं ।

अब नयाँ सीईओसँगै नयाँ कार्यक्रमहरु आएपछि नयाँ कार्यक्रमहरु पनि आउँछ ।’

बोर्डले हान, टान, नाट्टा, नारा जस्ता पर्यटनसम्वद्ध संघ–संस्थाहरुसँग मिलेर विदेशमा थुप्रै सेल्सको कार्यक्रम गर्ने, पूराना सेल्सका कार्यक्रमलाई पनि निरन्तरता दिने, केही मिशनलाई घटाउने र नयाँ ट्रेण्डहरु पनि ल्याउनले सापकोटाको भनाई छ ।

तर, अहिलेसम्म आएको छैन् । पर्यटनमन्त्री फेरिएको फेरियै हुन्छ । पर्यटन सचिव फेरिएको फेरियै हुन्छ ।

यो हिजोको पर्यटन बोर्ड होइन, आजको पर्यटन बोर्ड हो । त्यसअनुकुल बनाउन हामी लागिरहेका छौं ।’ नेपाल पर्यटनको हिसाबले एउटा महत्वपूर्ण गन्तव्य हो भन्दै उनले धेरै देशमा नभएका चिज नेपालमा रहेको बताए ।

‘यति हुँदाहुँदै पनि हामीले खासै पर्यटन क्षेत्रबाट लाभ लिन सकेका छैनौ । पर्यटकहरु आकर्षिक गर्न सकेका छैनौं ।

उनले नेपालको हवाई भाडादर निकै महंगो भएको बताउँदै पर्यटन ऐन आउन ढिलाई गरिएकोमा पनि असन्तुष्टि जनाए ।

यो भएपछि ऐन आउन पनि समय लाग्ने भयो । मन्त्री र सचिव नयाँ आएपछि पर्यटन बुझाउनै समय लाग्छ । बुझ्न थालेपछि फेरि अर्को आइसक्छ । यस्तै समस्यामा गुज्रिंएको छ नेपालको पर्यटन क्षेत्र ।’

Page Views: 82
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama