Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वीपीको उहिलेको विचारले आजको अर्थतन्त्र र समयको चुनौती समाधान गर्न सकिँदैन् : महामन्त्री थापा

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कुनै बेला वीपी कोइरालाले राखेका विचारलाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न नसकिने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको ‘वीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले विगतमा वीपी कोइरालाले भनेको कुरालाई लिएर आजको अर्थतन्त्र र समयको चुनौतीको समाधान गर्न खोजियो भने ठिक ठाउँमा पुग्न नसकिने बताए ।

उनले भने,हामीले सधैँभरी वीपी कोइरालाको सन्दर्भमा पटक–पटक एउटा कुरा कमजोरी गर्दै आएका छौँ ।

वीपीको फन्डामेन्टल, आधारभूत कुरालाई छोडेर कुनै बेला उहाँले भन्नुभएको कुरालाई लिएर हामीले आजको अर्थतन्त्र, समाज र समयको चुनौतीको समाधान गर्न खोज्यौँ भने ठिक ठाउँमा पुग्दैनौँ ।

वीपी कोइरालाको आधारभूत स्वतन्त्र समानताको कुरा सबैले बराबर अवसर पाउने कुराको सन्दर्भमा उहाँको विचार अबको एक सय वर्षसम्म पनि सही हुनेछ ।’

उनले जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौँडा कपडा उद्योगलाई गिरिजाप्रसाद कोइरालाको सरकारले निजीकरण गर्ने भनेर गरेको निर्णय वीपीको समाजवादको आँखाबाट हेर्दै गर्दा ठिक थियो कि थिएन भन्ने प्रश्न आज पनि उठ्ने गरेको बताए ।

यस विषयमा नेपाली कांग्रेसको नेता कार्यकर्ताहरूमा नै अन्यौलता रह्यो भने सबै नेपालीलाई अन्योल रहने भन्दै निर्णय सही भएको प्रस्ट पारे ।

उनले भने, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी उद्योग, हेटौँडा कपडा उद्योग ४८ सालको गिरिजाप्रसाद कोइरालाको सरकारले निजीकरण गर्ने गरेको निर्णय बिपीको समाजवादको आँखाबाट हेर्दै गर्दा ठिक थियो कि थिएन भनेर समीक्षा गर्नुपर्छ ।

हामी अहिले पनि नेपाली कांग्रेसको नेता कार्यकर्ताहरू कन्फ्यूज भयौँ भने अरूलाई पनि कन्फ्यूजमा पार्छौँ । त्यो सत प्रतिशत नै सही थियो ।’

महामन्त्री थापाले अबको कांग्रेसको ठूलो सफलता भनेको कत्तिको युवाहरूलाई देशमा रोजगारी दिन सक्यो भन्ने नै रहने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आथित्यतामा भएको कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य एवम् विभागीय प्रमुख डिला संग्रौलाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Page Views: 67
संबन्धित शिर्षकहरु
इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
ताजा अपडेट
  • इजरायलमा वैदेशिक रोजगारीकाे अवसर, १४ सय बढीकाे माग
  • पहिराेकाे कारण महाकाली राजमार्ग अवरुद्ध
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक दिउँसो १ बजे बस्ने
  • पृथ्वी राजमार्गकाे वैकल्पिक मार्गमा यातयात सञ्चालनमा राेक
  • आज सार्वजनिक बिदा
  • काठमाडौं उपत्यकामा ८७ हजारभन्दा बढी खाना पकाउने ग्यास भित्रियाे
  • सडक अवरुद्ध हुँदा हवाई यात्रुको चाप बढ्याे
  • देशकाे विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama