Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोशी पूर्वमुख्यमन्त्री कार्कीले निषेधित क्षेत्रमै सुरु गरे सत्याग्रह

- shuvadmin / बुधबार, भदौ २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सत्याग्रह सुरु गरेका छन्।

उनले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्नुपर्ने, शैलाजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याउनुपर्नेलगायत विभिन्न माग राखी सत्याग्रह सुरु गरेका हुन् ।

आफ्नो पालामा ल्याइएका जनपक्षीय कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै पूर्वमुख्यमन्त्री कार्कीले मंगलबारदेखि प्रदेशसभा भवनअगाडि सत्याग्रह सुरु गरेका हुन्।

कार्कीले सत्याग्रह सुरु गर्नुभन्दा एक घण्टापहिले जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

उनले सत्याग्रह सुरु गरेको स्थान पनि निषेधित क्षेत्रमा पर्छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि विराटनगरको प्रदेशसभा भवननजिकको देवकोटा चोकदेखि अस्पताल चोकसम्मको भागलाई निषेधित क्षेत्र तोकेको हो ।

जिल्ला प्रशासन कार्यालयले डाँफे चोक पूर्वको भाग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवासआसपास ३ सय मिटर क्षेत्र र प्रदेश प्रमुखको कार्यालय तथा निवासवरिपरि ३ सय मिटर क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकेको छ।

निषेधित क्षेत्रमा सभा, जुलुस, धर्ना, र्यालीलगायतका निषेधित गतिविधि गर्न अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाएको छ।

प्रशासनले रोक लगाए पनि पूर्व मुख्यमन्त्री कार्कीले निषेधित क्षेत्रमै सत्याग्रह सुरु गरेका हुन्।

निषेधित क्षेत्रमा अनशन बसेको भन्दै प्रहरीले कार्कीको अनशन स्थलमा हस्तक्षेप गरेको छ ।

Page Views: 106
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama