Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उत्तरपूर्वी कङ्गोमा सशस्त्र समूहद्वारा २० जनाको हत्या

- shuvadmin / शुक्रबार, भदौ २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, संदिग्ध इस्लामिक स्टेट (आइएस) सँग सम्बद्ध एडिएफ विद्रोहीहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेको स्थानीय स्रोतहरूले बिहीबार बताएका छन् ।

‘पीडितहरूलाई मङ्गलबार एडिएफले छापा मार्दा एडिएफ र अन्य मिलिसिया समूहहरूको नियमित लक्षित क्षेत्र मम्बासाको बबिला बाबोम्बीमा बन्धक बनाएका थिए’, प्रहरी प्रशासक मतादी मुयापन्डीले भने – १६ पुरुष र चार महिला गरी २० जना मारिएका छन् ।

उनका अनुसार भागेका चार जनालाई अस्पतालमा भर्ना गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार एडिएफको कार्यप्रणाली अनुसार पीडितहरूको शीरच्छेदन गरिएको थियो ।

पछिल्लो तीन दशकमा पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा उपस्थिति स्थापित गरेका मूल रूपमा मुस्लिम युगान्डाका विद्रोहीहरूले हजारौँ नागरिकको हत्या गरेका छन् ।

हालैका महिनाहरूमा यस्ता प्रकारका धेरै आक्रमण देखिएका छन् ।

मम्बासाका मानवाधिकार रक्षक ¥याम्स मलिकिडिगोले भने – वरपरका गाउँहरूमा भएका धेरै आक्रमणमा पीडितहरूलाई पक्राउ गरिएको थियो र त्यसपछि उनीहरूलाई मार्नका लागि जङ्गलमा जम्मा गरियो ।

नाम उल्लेख नगर्ने शर्तमा स्थानीय सहायताकर्मीले पीडितहरू सुन खानी, व्यापारी र किसान रहेको बताए ।

उनले भने – सुनसान स्थानमा हत्या गरियो, शवहरू बरामद गर्न र उनीहरूको सम्मानका साथ अन्त्येष्टि गर्न सेनाको उपस्थिति आवश्यक छ ।

एडिएफले सन् २०१९ मा इस्लामिक स्टेट समूहप्रति वफादारीको वाचा गरेको थियो । एडिएफमाथि कङ्गोका नागरिकको नरसंहारका साथै छिमेकी युगान्डामा आक्रमण गरेको आरोप लगाइएको छ ।

सन् २०२१ को अन्त्यमा कङ्गो र युगान्डाका सेनाहरूले उत्तरी किवु र छिमेकी प्रान्त इतुरीमा एडिएफविरुद्ध संयुक्त अभियान सञ्चालन गरेपनि अहिलेसम्म सर्वसाधारणमाथि घातक आक्रमणलाई रोक्न सकेका छैनन् ।

Page Views: 48
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama