Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस कोशी सरकारमा सहभागी हुँदै, तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने तयारी हुँदा शेखर पक्षका कोही परेनन्

- shuvadmin / शुक्रबार, भदौ २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जिराटनगर, नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि आज कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिने तयारी गरेका छन् ।

कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य भुपेन्द्र राई सो पार्टीले जनाएको छ । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व संहाल्नेछन् ।

प्रदेश सभापति एवं दलका नेता उद्धव थापाले एक राज्यमन्त्रीसहित र तीन मन्त्रीको नाम मुख्यमन्त्री हिक्मत कार्कीलाई आज बिहान बुझाएका हुन् ।

जसअनुसार प्रदेश महामन्त्री भूपेन्द्र राईको नेतृत्वमा मन्त्रीको सूची बुझाइएको हो ।

उनी भौतिक पूर्वाधार मन्त्रालयमा जाँदैछन् । भौतिक पूर्वाधार राज्यमन्त्रीमा भूमिश्वर राजवंशी नियुक्त हुँदैछन् । राई र राजवंशी दुवैजना कृष्ण सिटौला समूहका हुन् ।

उद्योग पर्यटन, वन मन्त्रालयमा सुनसरीका षडानन्द मण्डल जाँदै छन् । उनी ज्ञानेन्द्रबहादुर कार्की र विजय गच्छेदारको कोटाबाट मन्त्री बनेका हुन् ।

पार्टी सभापति देउवाको कोटाबाट ताप्लेजुङका खगेनसिङ हाङमाङ उद्योग, कृषि र सहकारी मन्त्री बन्ने भएका छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ ९ बजेतिर गराउने तयारी छ ।

Page Views: 67
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama