Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालले लिग–२ अघि क्यानडामा एक अभ्यास खेल खेल्ने

- shuvadmin / शुक्रबार, भदौ २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने पक्का भएको छ ।

नेपाली क्रिकेट टोलीले क्यानडा डेभलपमेन्ट टोलीसँग पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

उक्त खेल शनिबार राति ७:४५ मा प्रतिस्पर्धा गर्नेछ । क्यानडा टोलीमा नपरेका अन्य उत्कृष्ट खेलाडीहरुले उक्त खेल खेल्ने बुझिएको छ ।

नेपाली टोली मंगलबार राति क्यानडा गएको थियो । लिग–२ मा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेल लिग–२ मा क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ ।

त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ ।

नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

क्यानको वार्षिक क्यालेन्डर अनुसार सेप्टेम्बरमा क्यानडासँग दुई ओडीआई खेलको सिरिज खेल्ने तालिका छ । तर, हालसम्म भने उक्त सिरिज खेल्ने टुङ्गो भएको छैन ।

क्यानका अनुसार उक्त विषयमा छलफल भएपनि कुन टोलीसँग खेल्ने त्यो भने टुङ्गो लाग्न बाँकी छ । नेपालले उक्त सिरिज खेलेर अमेरिका जानेछ ।

नेपाल,अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रेरिरी भ्यू ह्युस्टनमा अर्को महिना हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ ।

दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । त्यसपछि यी तीन टोलीबीच टी–२० सिरिज हुनेछ ।

२०२६ डिसेम्बरसम्म चल्ने लिग-२ मा नेपाल ४ खेलमा १ मा जीतसहित सातौं स्थानमा छ ।

आठ टोली सहभागी लिग-२ का शीर्ष चार टोलीले सोझै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । शीर्ष चारमा पर्न नसक्नेले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Page Views: 64
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama