Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकाले रुसविरुद्ध लामो दूरीका मिसाइल प्रयोग गर्न अनुमति दिने सम्भावना

- shuvadmin / शनिबार, भदौ २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ।

बेलायतको विदेश मन्त्रालयले आफ्ना कूटनीतिज्ञहरूविरुद्ध लगाइएको आरोपलाई पूर्णतया आधारहीन भएको बताएको छ।

यसैबीच, बेलायती प्रधानमन्त्री कियर स्टारमर युक्रेन युद्धबारे राष्ट्रपति जो बाइडेनसँग कुराकानी गर्न अमेरिका पुगेका छन्।

बीबीसीका अनुसार बेलायती प्रधानमन्त्रीको भ्रमणका क्रममा युक्रेनलाई रुसभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुनेछ।

बेलायती प्रधानमन्त्री स्टारमरले युद्ध रोक्ने कुरा रुसको हातमा रहेको बताइरहेका छन्।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुसी भू-भागमा पश्चिमी मुलुकका मिसाइल आक्रमणका कारण यो विवाद नयाँ उचाइमा पुग्ने चेतावनी दिएका छन्।

पुटिनले दिए रुस र नेटोबीच युद्ध हुने चेतावनी

न्युयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ-अमेरिकाले चाँडै युक्रेनलाई पश्चिमी देशहरूबाट प्राप्त लामो दूरीका मिसाइल रुसी भूमिमा प्रयोग गर्न अनुमति दिनसक्छ।

स्टोर्म साडो मिसाइल कस्तो हो ?

युक्रेनले रुसभित्र प्रयोग गर्न अनुमति मागेको मिसाइललाई स्टोर्म साडो मिसाइल भनिन्छ। यो मिसाइल विमानबाट प्रक्षेपण गरिन्छ र यसको गति लगभग ध्वनिको गति बराबर हुन्छ।

यो मिसाइलको अधिकतम दायरा लगभग २५० किलोमिटर छ। यो एउटा मिसाइलको मूल्य १० लाख अमेरिकी डलर छ।

यस्तो मिसाइल बंकरहरू भेट्टाउन उपयोगी मानिन्छ। रुसले युक्रेनविरुद्ध यस्तै मिसाइल प्रयोग गरेको छ।

Page Views: 50
संबन्धित शिर्षकहरु
फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
स्विट्जरल्यान्ड प्रि–क्वार्टरफाइनलमा प्रवेश
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama