Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बुढनलिकण्ठ नगरपालिका र सोट्टो नेपालको आयोजनामा एकदिवसीय पदयात्रा

- shuvadmin / आइतबार, असोज ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू,  ४५ औं विश्व पर्यन दिवसको अवसर पारेर बुढनलिकण्ठ नगरपालिका र सोट्टो नेपालको आयोजनामा एकदिवसीय पदयात्रा कार्यक्रमको आयोजना गरेको छ ।

ऐतिहासिक बुढानिलकण्ठ मन्दिर परिसरबाट शुरु भएको पद यात्रा नगरपालिका कै ५ नम्बर वडा मा पर्ने डाँडागाउँमा पुगेर समापन भएको थियो ।

पद यात्रा कार्यक्रमको सुभारम्भ गर्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठराम अधिकारीले पालिकामा आफै पर्यटन बोर्ड गठन गरेर पर्यटन नीति तयार पार्न लागिएको बताए ।

वोर्डले पेश गर्ने कार्य अनुसार बढी भन्दा बढी पर्यटन यस धार्मिक नगरीमा ल्याउन कोेसिश गरिने मेयर अधिकारीले जानकारी दिए ।

मेयर अधिकारीले भने, अब बोर्डले पेश गर्ने कार्य योजना अनुसार बार्षिक क्यालेण्डर बनाएर लागू गरिने छ ।

कार्यक्रममा उपप्रमुख अनिता लामाले पालिकाले बर्षै भरि पर्यटन उत्सव मनाउन बोर्ड गठन गरेको जानकारी दिैंदै प्रकृति र साँस्कृतिक विविधताले भरिपूर्ण यस नगरलाई विश्वसामू परिचित गराउन कुनै कसर नराख्ने बताइन् ।

उनले भनिन, साँस्कतिक रुपले अनुपम यसै स्थलमा खप्तड बाबाको समाधिस्थल र शिवपुरी बाबाले ज्ञान प्राप्त गरेको भूमि भएकोले पनि यो नगर अन्य भन्दा बिषेृश छ ।

यसै नगर क्षेत्रमा शिबपुरी निकुञ्जको धेरै भाग र बिस्णुको शिर बिस्णुदवर छन् ।

उनले जामचेन स्तुपा, कपन गुम्वा र नागी गुम्वा जस्ता धार्मिक स्थललाई आन्तरिक तथा बाह् पर्यटकका रोपाइमा पार्न नगरले गठन गरेको बोर्ड काम गरिरेको बताइन् ।

वागमती प्रदेस सभाका सदस्य जयराम थापाले धार्मिक र पर्यटकीय हिसावले धेरै सम्धावाना बोकेको बुढानिलकण्ठ क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तब्य बनाउन तीनै तहका सरकारले गुरु योजना तयार पार्नु पर्ने बताए ।

यस क्षेत्रलाई पदमार्ग सहित धार्मिक र साइक्लिडं गर्ने प्रमुख गन्तब्यका रुपमा बिकास गर्नु पर्ने जोड दिए ।

उनले सुरक्षाका हिसावले यो क्षेत्र संबेदनशील भएपनि सिस्टम बसाएर अहिले भन्दा सहज बनाउने बताए ।

नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले नयाँ गठन भएका नगरपालिका मध्ये बुढानिलकण्ठले पहिले पटक आफनै पर्यटन बोर्ड गठन गरेकोले यस क्षेत्रको बृहत्तर विकासका लागि बोर्डले बनाएको नीति अनुसार डीपीआर तयार पारेको बताए ।

उनले पर्यटनको दीगो विकासका लागि डीपीआर अनुसार बर्षै भरि पर्यटक आउने वातावरण बनाइने जानकारी दिए ।

Page Views: 50
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama