Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असोज ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

क्यानडामा पहिलो जितको खोजीमा नेपाल, आज ओमानसँग भिड्दै

- shuvadmin / मङ्गलबार, असोज ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, क्यानडामा जारी आइसीसी विश्वकप लिग–२ सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल क्यानडाको किंग्स सिटीस्थित मेपल लिफ नर्थइस्ट ग्राउन्डमा राति ८ः४५ देखि सुरु हुने तालिका छ ।

यस सिरिजमा नेपालले अहिलेसम्म खेल जित्न सकेको छैन । नेपालले पहिलो र तेस्रो खेलमा क्यानडा तथा दोस्रो खेलमा ओमानसँग पराजय बेहोर्‍यो ।

पहिलो खेलमा नेपालले क्यानडासँग १०३ रनको हार बेहोरेको थियो । उक्त खेलमा क्यानडाले दिएको २५४ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा १ सय ५० रनमै अलआउट भयो ।

दोस्रो खेलमा नेपाल ओमानसँग १ विकेटले स्तब्ध भयो । त्यस खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो ।

यद्यपि नेपालले त्यो स्कोरको रक्षा गर्न सकेन । नेपालले तेस्रो खेलमा फेरि खराब ब्याटिङ गर्‍यो ।

उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमै अलआउट भयो । नेपाल अब श्रृंखलाको अन्तिम खेलमा जीत हात पारेर २ अंक जोड्न चाहन्छ ।

उता ओमान पनि नेपाललाई हराएर महत्वपूर्ण २ अंक जोड्ने योजनामा छ ।

उसले पहिलो खेलमा नेपाललाई हराए पनि दोस्रो खेलमा क्यानडासँग ५९ रनको हार बेहोर्‍यो । र, ओमान मंगलबार नेपाललाई स्तब्ध पार्दै लयमा फर्किन चाहन्छ ।

हालसम्म नेपाल र ओमानले ओडीआईमा आठ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले पाँचमा हार बेहोर्दा तीन खेलमा मात्र जीत निकालेको छ ।

नेपाल आज ओमानलाई हराउँदै हेड टु हेड रेकर्डमा पनि सुधार गर्न चाहन्छ । नेपालले मंगलबार प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना बलियो छ ।

नेपालले चौथो खेलमा अर्जुन साउद र अनिलकुमार साहलाई विश्राम दिएर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीलाई मौका दिने सम्भावना रहेको हो ।

पछिल्लो दुई खेलमा लगातार मौका पाए पनि अर्जुन र अनिल चलेनन् । अर्जुनले ओमानविरुद्ध ५ तथा क्यानडासँगको खेलमा १० रन मात्र बनाए ।

यस्तै, अनिलले ओमानविरुद्ध तीन तथा क्यानडासँग एक रन मात्र जोडे । जारी सिरिजमा मुख्य प्रशिक्षक मोन्टी देसाईले अनिलको भूमिका परिवर्तन गरेका छन् ।

विगत प्रायः शीर्षक्रममा ब्याटिङ गर्ने उनले यस श्रृंखलामा तल्लोक्रममा ब्याटिङको मौका पाएका छन् । तर, त्यसमा अनिल सफल देखिएका छैनन् ।

प्रशिक्षकले मंगलबारको खेलमा अर्जुन र आसिफलाई बाहिर राखेर अनिल र कुशललाई ओपनिङ ब्याटरको जिम्मेवारी दिने सम्भावना पनि छ । यस्तो भएमा अनिलले विकेटकिपिङ पनि गर्ने छन् ।

पहिलो खेलमा १ रनमै आउट भएपछि कुशल पछिल्लो दुई म्याचमा लगातार बेन्चमा छन् । उनको विकल्पमा खेलाइएका अर्जुनले पनि खराब लय समातेपछि अन्तिम खेलमा भुर्तेलको कमब्याकको विकल्प छैन ।

नेपालको सम्भावित प्लेइङ–११ स् कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, आरिफ शेख, गुलशनकुमार झा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशी ।

Page Views: 87
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै
  • पछिल्लो २४ घण्टामा ९७५ सवारी चालक कारबाहीमा
  • घुससहित समातिएका इन्जिनियरसहित तीन जनाउपर मुद्दा
  • बसमा आगलागीका कारण घाइते चालकको निधन
  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै
  • माओवादी हुँ भन्दै चन्दा असुल्ने दुई जना समातिए
  • सोलुखुम्बुदेखि अमेरिकासम्म : रियलस्टेटमा जितमान बस्नेतको अभूतपूर्व छलाङ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama