Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निजामती सेवा ऐन जारी नभए एकीकृत सरकारी कर्मचारी सङ्गठन चाडवाडपछि अनशन बस्ने

- shuvadmin / मङ्गलबार, असोज ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एकीकृत सरकारी कर्मचारी सङ्गठनले सङ्घीय निजामती सेवा ऐन जारी नभए चाडबाड पछि आन्दोलन गर्ने भएको छ ।

असोज २ र ३ गते अध्यक्ष यामबहादुर खत्रीको अध्यक्षता सम्पन्न बैठकले पारित गरेका ५१ बुँदे विशेष प्रस्तावहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्म्ेलनमा आन्दोलन गर्ने जानकारी गराएको हो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष खत्रीले सङ्घ ,प्रदेश र स्थानीय तीनवटै तहमा सम्पूर्ण कर्मचारीहरुले छान्ने ,छानिने सामुहिक सौदावाजी गर्न पाउने अधिकार सहितको अधिकारिक ट्रेडयुनियनको सुनिश्चितता गर्ने माग सहित धेरै माग रहेको बताए ।

करार सेवाको समस्या समाधानका अल्पकालीन र दीर्घकालीन समाधानका उपायहरूका दृष्टिकोण संगठनले अगाडि सार्दै समधानका लागि दृढताका साथ निरन्तर माग गरिदैँ आएकोसमेत अध्यक्ष खत्रीको भनाइ छ ।

तीनवटै तहको सरकारमा ट्रेडययुनियन अधिकार सहज रुपमा अभ्यास गर्नकालागि आधिकारिक ट्रेडययुनियन सम्बन्धि छाता ऐनको ब्यवस्थाको माग राखेको संगठनले आफूहरुको आन्दोलनमा संचारकर्मी, युवा ,कर्मचारी सबैलाई साथ दिन अनुरोध गरेको छ ।

सङ्घीयता कार्यान्वयनको ९ वर्ष बितिसक्दा पनि ब्युरोक्रेसीमा सङ्घीयता नपुगेको प्रति चिन्ता जाहेर गर्दै महासचिव प्रकाश राईले तिहारपछि रिले अनशन बस्ने घोषणा गरेको जानकारी दिए ।

महासचिव राईले नागरिकको सेवा प्रवाहमा असर प्रभाव पर्ने गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने बताएका छन् ।

सेवाग्राही र कर्मचारीमैत्री ऐन प्राप्त नभएसम्म रिले अनसन लगायतको अभियान निरन्तर गर्ने सङ्गठनले जनाएको छ ।

संगठनले प्रशासनिक संघीयता लागू भएमा मात्र पूर्ण रुपमा संघीयताको कार्यान्वयन हुने भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

संगठनले भदौ महिनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा पूर्वाग्रही, हचुवा, विधि विपरीत भएकाले मापदण्ड विपरीतका सरुवा संशोधन एवम् बदर गर्न माग गरेको छ ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बितरित विज्ञप्तिमा सरुवा प्रणालीलाई वैज्ञानिक अर्थात स्वचालित र पूर्ण अनुमानयोग्य बनाउन सङ्गठनले वैचारिक विमर्श लगायतको काम गर्दै आएको उल्लेख छ ।

सङ्घीय निजामती सेवा ऐन जारी भएपछि हाल रहेको सबै कर्मचारीहरुलाई पुल दरबन्दीमा राखेर क्रमशः सरुवा भएर जाने तीन वटा कार्यालयहरू क्रमबद्ध रूपमा सुनिश्चित गर्दै हाल बहालमा रहेका कर्मचारीहरू सबैलाई पुनः पदस्थापन गर्ने व्यवस्था गर्न समेत माग गरेको छ ।

सरुवाको लागि दीर्घकालीन समाधान नभएसम्म स्पष्ट मापदण्ड बनाएर पारदर्शी र भेदभावरहित हुने ग्यारेन्टी गर्न समेत संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै निजामती अस्पतालको सेवा स्थानीय र प्रदेश सरकारका कर्मचारीहरूले पनि पाउने व्यवस्था हुने गरी सबै प्रदेशमा सञ्चालनमा रहेको सरकारी अस्पताललाई तोकेर सेवा विस्तार गर्न समेत माग गरेको छ ।

करार सेवाको समस्या समाधानका अल्पकालीन र दीर्घकालीन समाधानका लागि दृढताका साथ सङ्गठनले निरन्तर माग अगाडि बढाउँदै आएको जनाएको छ ।

Page Views: 66
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama