Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रत्यक्षमा आरक्षण दिएर समानुपातिकको प्रतिशत घटाउनु पर्छ : वरिष्ठ नेता डा. कोइराला

- shuvadmin / मङ्गलबार, असोज ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संसदमा कुनै एउटा दलको बहुमत आउने गरी निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताएका छन् ।

न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले अहिलेको मिश्रित निर्वाचन प्रणालीबाट कसैको बहुमत नआउने भएकाले अस्थिरता कायम रहने बताए ।

अहिले ३७५ सदस्यीय प्रतिनिधिसभामा ६० प्रतिशत सांसद प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ४० प्रतिशत समानुपातिक पद्धतिबाट निर्वाचित हुन्छन् ।

डा. कोइरालाले समानुपातिकबाट निर्वाचित हुने प्रतिशत घटाए पनि हुने बताएका हुन् ।

‘त्यो ४० प्रतिशतले कुनैपनि दलको बहुमत कहिल्यै पनि आउन सक्दैन । बहुमत आउने गरी बनाउनुपर्‍यो हामीले । समानुपातिकको प्रतिशत घटाए हुन्छ । कम प्रतिशत राख्ने’, उनले भने ।

त्यसको सट्टा प्रत्यक्ष निर्वाचनमा नै महिला, दलित, आदिवासी जनजातिलाई आरक्षण दिन सकिने डा. कोइरालाको भनाइ छ । ‘महिला, दलित, जनजातिहरुको सिट रिजर्भ गरिदिन सकिन्छ’, उनले भने ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री पनि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भन्नेमा रहेको डा. कोइरालाको भनाइ छ ।

‘ओलीजीसँग मैले कुरा गर्दा निर्वाचन प्रणालीमा केही परिवर्तन गरेर अगाडि जानुपर्छ भन्नेमा हुनुहुन्छ । बहुमत कसरी ल्याउन सकिन्छ भन्नेमा हुनुहुन्छ ।

न्यायपालिकामा पनि छ जस्तो लाग्छ । धेरै इस्युहरुमा चलाउन थालियो भने हामीले केही गर्नै सक्दैनौँ भन्ने पनि छ’, उनले भने ।

त्यस्तै संविधान संशोधन गरेर न्यायपरिषद र संवैधानिक परिषदको संरसचना पनि परिवर्तन गर्न सकिने उनले बताए ।

संवैधानिक परिषदमा प्रधानन्यायाधीश राख्नु बेठीक भएको उनले बताए ।

प्रधानन्यायाधीश संवैधानिक परिषद्‍मा किन हुनुपर्दैन भने नि प्रधानन्यायाधीशले भाग खोज्ने सिस्टम आयो हाम्रो देशमा त्यसले न्यायपालिकामा प्रत्यक्ष असर गरिराखेको छ’, डा. कोइरालाले भने ।

न्याय परिषदमा पनि नेपाल बार एशोसिएशनको प्रतिनिधित्व गराउनुपर्ने र सरकारको सिफारिसमा नियुक्त हुने सदस्य राख्न नहुने उनको भनाइ छ ।

संविधान संशोधन जटिल विषय भएकाले सरकारले अहिलेदेखि नै तयारी सुरु गर्नुपर्ने उनले बताए । ‘संविधान संशोधन सामान्य विषय नै होइन ।

त्यति सजिलो छैन अहिलेपनि । दुई तिहाइले पास गर्नुपर्ने हुन्छ । तर होमर्वक त सुरु गर्नुपर्‍यो नि त । होमवर्क नै सुरु भएको छैन’, डा. कोइरालाले भने ।

विज्ञहरुको एउटा आयोग गठन गरेर वा संसदबाटै पनि संशोधन गर्न सकिने उनको भनाइ छ । ‘आयोग बनाउँदा त्यसको बेग्लै इम्प्याक्ट हुन्छ । के गर्दा राम्रो हुन्छ, त्यसरी जानुपर्छ’, उनले भने ।

Page Views: 75
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama