Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : डा. शशांक

- shuvadmin / बिहिबार, असोज १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

घोराही, नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्नेमा बताएका छन् ।

कांग्रेस दाङले बिहीवार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमहामन्त्रीसमेत रहेका डा. कोइरालाले कांग्रेसलाई सङ्गठित, सशक्त र चलाएमान बनाउनका लागि युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका हुन् ।

४० वर्ष मुनिका एउटा पनि युवा पार्टीको केन्द्रीय सदस्य नभएको भन्दै नेता कोइरालाले पार्टीमा युवा आर्कषण बढाउन आवश्यक रहेको जिकिर गरे ।

त्यसका लागि पार्टीको विधान संशोधन गरेर भएपनि युवालाई स्थान दिनुपर्ने बताउँदै डा. कोइरालाले भने , ‘‘भाषणमा युवाका कुरा गरेर मात्र हुँदैन, व्यवहारमा युवाको प्रतिनिधित्व हुनुपर्छ ।

पार्टीले नेतृत्व तहमा मात्र होइन सरकारमा पनि युवा प्रतिनिधित्व बढाउनका लागि ध्यान ध्यानदिनुपर्छ ।’’

युवा उत्पादन हुने पार्टीका भातृ सङ्गठन नेपाल विद्यार्थी संघ, तरुण दललगायतलाई क्रियाशिल बनाउँदै समयमै निर्वाचन हुने वातावरण बनाउन आवश्यक रहेको भनाइ डा. कोरालाको थियो ।

डा. कोइरालाले पार्टीका प्रमुख भातृ सङ्गठनहरुमै वर्षौदेखि महाधिवेशन नहुँदा सङ्गठन क्रियाशिल नहुँने र युवाहरु नेतृत्वमा आउनका लागि ठाउँ समेत नभएकाले भएकाले भातृ संघ सङ्गठनहरुको समयमै निर्वाचन गराउन पार्टी नेतृत्वले ध्यानदिनुपर्नेमा जोड दिनु भयो ।

पार्टी सभापति शेरबहादुर देउवा अब नेतृत्व हस्तान्तरण गर्ने सोचमा रहेकाले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसले सशक्त र सक्षम नेतृत्व ल्याउन नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने उनको भनाइ छ ।

डा. कोइरालाले त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु एक ढिक्का भएर व्यक्तिभन्दा पनि पार्टीलाई नेतृत्व गर्न सक्ने नेतृत्व चयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

देशको समृद्धिका लागि नेपाली कांग्रेसको विकल्प नरहेको भन्दै उनले आगामी दिनमा पनि कांग्रेसलाई सशक्त, लोकप्रिय र ठूलो पार्टी बनाउनका लागि नेता तथा कार्यकर्ताहरुमा एकता आवश्यक रहेको दावी गरे ।

पार्टीको महाधिवेशनका क्रममा भएका गुटहरु महाधिवेशन सकिएसँगै सकिनुपर्ने भन्दै उनले पार्टीमा गुटगत गर्दा कमजोर बन्ने बताए ।

त्यसका लागि नेतृत्वकर्ताले व्यत्तिगत लोभबाट माथि उठेर देश, जनता र पार्टीका लागि सोच्नुपर्ने उनको भनाइ थियो ।

अहिलेको सत्ता गठबन्धन बाध्यात्मक परिस्थितिमा बनेको भन्दै यसबाट कोही पनि पछि हट्न नसक्ने डा. कोइरालाले बताए ।

उनले मुलुकको राजनीतिक स्थायित्वका लागि वर्तमान सत्ता गठबन्धन बनेको जिकिर गरे ।

नेता डा. कोइरालाले मुलुक सधैभरी अस्थिरताको भूमरीमा फसिरहने परिस्थिति देखा परेपछि त्यसबाट बचाएर देश र जनताको समृद्धिका लागि काम गर्ने गरी कांग्रेस–एमालेको गठवन्धन तयार भएको बताए ।

Page Views: 58
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama