Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दलाल पुँजीपति र बिचौलियाको राइँदाइँविरुद्ध जिहाद छेडेकै हौँ : अध्यक्ष दाहाल

- shuvadmin / बिहिबार, असोज १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू सरकारको नेतृत्वमा हुँदा भ्रष्टाचारी र भूमाफियाको विरुद्धमा जेहाद छेडेको दाबी गरेका छन्।

बिहीबार अनेरास्ववियू (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले ललितानिवासदेखि बाँसबारीसम्मको जग्गा प्रकरणमा लडाइँ लडेको दाबी गरे।

‘भूमाफियाहरूले जनता र व्यक्तिको जग्गा व्यक्तिको नाममा पार्ने षड्यन्त्रविरुद्ध लागेकै हो। भूमाफियाकाविरुद्ध हामीले अभियान छेडेकै हो,’ अध्यक्ष दाहालले भने, ‘चोह ललितानिवास होस वा बाँसबारी होस्, चाहे देशभरीका जग्गा होस्। त्यसका विरुद्धमा हामी लडाइँ छेडेकै हो।’

उनले सामाजिक न्यायमा पनि आफू नेतृत्व सरकारले ऐन बनाएर लडाइँ लडेको दावी गरे।

‘सामाजिक न्यायमा मिटरब्याज पीडितविरुद्ध ऐन बनाएर हामीले लडाइँ छेडेकै हो। नागरिकताको समस्याबाट बञ्चिल लाखौँ नेपाली युवाहरूलाई नागरिकता प्रदान गर्ने ढोका हामीले खोलेकै हो,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने।

साथै, उनले केही दलाल पुँजीपति र केही विचौलियाले देशको राजनीति र अर्थतन्त्रमा राइँदाइँ गरिरहेको बताए।

‘दलाल पुँजीपति र केही विचौलियाहरूले जसरी देशको राजनीति र अर्थतन्त्रमा राइँदाइँ गरेका थिए, त्यसको विरुद्धमा हामीले जिहाद छेडेकै हो।

यो लडाइँकै कारण दलाल, नोकरशाह र विचौलियाहरूले तथाकथित संख्याको बलमा सरकारबाट बाहिर जान बाध्य पारेकै हुन्,’ अध्यक्ष दाहालले भने।

Page Views: 69
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama