Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनसरीको श्रीलंका टापुका अधिकांश स्थान डुबानमा, छिटो उद्धार गर्न स्थानीयको अनुरोध

- shuvadmin / आइतबार, असोज १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सुनसरी, सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६ श्रीलंका टापुका बासिन्दाले लामो समयदेखि उद्धार पर्खिरहेका छन् ।

अविरल वर्षाका कारण सप्तकोसीको बाँध फुटेर बस्तीमा पसेसँगै श्रीलंका टापुका अधिकांश स्थान डुबानमा परेका हुन् ।

श्रीलंका टापुस्थित जलाल, सिसौली, चिलैया, गरैया, एबीसी टापु, शान्ती चोक, क्रान्ती चोक र रामनगर, माझी गाउँ, एकता चोक गरि दर्जन भन्दा धेरै गाउँमा करिब १० हजार जनसंख्या छ ।

चारै तिर सप्तकोसीले घेरिएको उक्त ठाँउ अत्यन्तै संवेदनशील भएकाले यथाशीघ्र संघीय सरकार र स्थानीय निकायले कदम चाल्नु आवश्यक रहेको स्थानीय दीपक राई बताउँछन् ।

उनी भन्छन्, “तल गाउँ सबै बगाउन लागिसक्यो हाम्रो अलि डाँडामा भएको घर पनि पानीले भेट्न लाग्यो के गर्ने थाहा छैन् ।”

घरमा बाढी पसेकाले खाना पकाउने ठाउँसमेत नरहेको स्थानीय प्रेमकुमार पौडेल बताउँछन् ।

वस्तुभाउ बाढीले बगाइसकेको भन्दै आफूहरुको छिटो उद्धार गर्न उनी अनुरोध गर्छन् । श्रीलंका टापुस्थित जलालका अधिकांश बासिन्दाले यतिबेला उद्धारका लागि सरकार पर्खिरहेका छन् ।

“घर अगाडि समुद्र जस्तै कोशी बगिरहेको छ, पछाडि पनि त्यस्तै छ । अब हामी कहाँ जानू बालबच्चा छन्, वृद्धवृद्धा छन् ।”

बाढी पीडित कमला राई भन्छिन् । उनी सबै स्थान जलमग्न भएकाले कोही उद्धारकर्ता आउन नसकेकोमा चिन्ता व्यक्त गर्छिन् ।

उक्त क्षेत्रमा उद्धारका लागि खटिएको टोली पनि पुग्न नसकेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

उनले भने, ‘हामी आज त्यहाँ पुग्न सकेनौं, आधाबाटोमा आएर रोकिएका छौं शनिवार यतै बास बस्छौं ।

आइतवार बिहानै जेटबोट लिएर त्यहाँ जान प्रयास गर्नेछौं ।” उनले त्यहाँका स्थानीयलाई शनिवार रातभर सर्तक रहेर समूहमा बस्न आग्रह गरेको बताए ।

Page Views: 85
संबन्धित शिर्षकहरु
सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार
  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  • आज देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama