Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

झ्याप्लेखोला पहिरोमा मृतकको सङ्ख्या ३५ पुग्यो

- shuvadmin / आइतबार, असोज १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

धादिङ, पृथ्वी राजमार्गअन्तर्गत झ्याप्ले खोला पहिरोबाट पुरिएका सवारीसाधनबाट हालसम्म ३५ वटा शव निकालिएको छ ।

पछिल्लो पटक बसबाट ५ वटा शव निकालिएको हो । शनिबार साँझ १४ वटा र आइतबार बिहान १६ वटा शव निकालिएको थियो ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले बस निकाल्ने क्रममा शवहरु भेटिएको बताए ।

यसअघि पहिरो खसेको ठाउँबाट हायस निकालिएको थियो । उक्त स्थानमा कति वटा सवारीसाधन पुरिएको छ भन्ने यकिन हुन सकेको छैन ।

त्रिभुवन राजपथ अन्तर्गत धादिङको झ्याप्लेखोलामा चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ ।

उक्त माइक्रोबसबाट १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीका अनुसार चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ ।

उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ । चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो।

उनका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अधिकारी प्रल्हाद सिलवालका अनुसार पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशङ्कामा खोजी कार्य जारी रहेको छ ।

त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ ।

उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जानकारी गराएको छ ।

पुरिएका सवारीसाधनहरु धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछुट्टै भेटिएकोले कुन सवारीको शव कुन हो भन्ने यकिन गर्न कठिन छ ।

पुरिएको अवस्थामा फेला परेको सवारीहरु टुक्राटुक्रा बनेकोले नम्बर पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय धादिङ सूचना अधिकारी सिलवालले जानकारी दिए ।

गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकिन भएको छ ।

एक्साभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको नम्बर देखिएपछि बसको यकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिए ।

पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीनजना र एक जना यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।

त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौं छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकिन नभएकोले पहिरोमा अझ अन्य शव भेटिन सक्ने आशंका गरि उद्धारकर्मीको टोलीले खोजी कार्य तीव्र पारेको छ ।

Page Views: 66
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama