Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दोलखाको पर्यटन प्रर्वधनका लागि अन्तरकृया कार्यक्रम

- shuvadmin / मङ्गलबार, असोज १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दोलखाका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार तथा पर्यटन प्रर्वधनका लागि सरोकारवाला संघ संस्था, पयटन ब्यावसायी एवम स्थानीय तहको भूमिका बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रम दोलखा जिल्ला होटल तथा पर्यटन ब्यावसायी संघ र पर्यटन बोडले संयुक्त रुपमा आयोजना गरेको थियो भने दोलखाको भीमेश्वर नगरपालिकाको सहकार्य रहेको थियो ।

अन्तरकृया कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्तसिंह ऐरले दोलखाको पर्यटन प्रर्वधन गर्न बोर्डले सधैं सहयोग गर्ने बताए ।

उनले दोलखा पोखरापछिको आर्कषित पर्यटकीय गन्तब्य भएकोले ब्यावासयीले प्याकेज बनाएर प्रचार गर्नु पर्नेमा जोड दिए ।

दोलखा सगरमाथा जाने प्रवेशद्वार भएकोले भारतसहितका देशमा बोर्डले प्रचारको तयारी गरेको जानकारी दिंदै वरिष्ठ निर्देशक ऐरले जीरी लगायतका क्षेत्रलाई पदमार्गका रुपमा विकास गर्नु पर्ने बताए ।

टानका महासचिव सोनाम ग्याजेन शेर्पाले दोलखाको प्रचार गर्न काठमाण्डू आउने परेकोमा असन्तुष्ट बन्दै दोलखाबाट काठमाण्डू आएर पर्यटन क्षेत्रमा लागेका ब्यावसायीले बेवस्ता गरेको आरोप लगाए ।

टान निजी क्षेत्र र तीनै तहका सरकारकाबीच समन्वयकारी भूमिका निभाउदै दोलखा लगायतकाक पर्यटकीय सम्भावना भएका क्षेत्रको प्रचारमाम लाग्ने महासचव शेर्पाको भनाइ थियो ।

नेपालमा पर्यटकको कमी नहुने भन्दै महासचिव शेपाले ब्यावसायीले पनि सबै पर्वतीय र धार्मिक कुन क्षेत्रमा काम गर्ने हो एउटा मात्र छानेर गर्दा राम्रो हुने धारणा राखे ।

सगरमाथ आधार शिविरमा जाने पर्यटकलाई एक दिन जिरीमा राख्ने बातावरण बनाउन टानले सहयोग गर्ने महासचिव शेपाले बताए ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले दोलखामा प्रशस्त पर्यटकीय संभावना भएका स्थान भएपनि पूर्वाधारको कमी भएकोले समस्या भएको बताए ।

अध्यक्ष शिवाकोटीले स्थानीय सरकारको बजेटले मात्र र्पूाधार निर्माणमा बजेट पर्याप्त नहुने भएकोले संघ र प्रदेश सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिए ।

सगरमाथाको प्रवेशद्वार भएपनि पूर्वाधार र बिपत्तीले दोलखालाई ठगेको अध्यक्ष शिवाकोटीको भनाइ छ ।

होटल ब्यावसायी महासंघ वागमतीका अध्यक्ष दामोदर नेपालले वागमती प्रदेशका सवै जिल्ला पर्यटकीय महत्वका हिसावले कुनै कम नभएपनि प्रचार प्रसारको अभाव भएको बताए ।

Page Views: 49
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama