Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अक्टोबरमा सवा लाख पर्यटक, प्रमुख सिजनमा छैन उत्साह

- shuvadmin / मङ्गलबार, कार्तिक २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं । नेपालको मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साजनक रहन सकेन । यसले सरकारको लक्ष्य प्राप्ति समेत कठिन हुने देखिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् । यो संख्या यसपालि अघिल्लो ‘पिक सिजन’ भन्दा कम हो ।

त्यतिमात्र होइन, सन् २०१९ को यसै महिनाको तुलनामा समेत कम पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ ।

पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले लक्ष्य अनुसार पर्यटक नआउनुमा नेपालमा प्राकृतिक विपत्तिले असर गरेको बताए । यद्दपि, पदयात्रामा आउने पर्यटक आगमन भने सन्तोषजनक रहेको उनको भनाइ छ ।

अक्टोबर २०१९ मा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका थिए । अक्टोबर २०२३ मा १ लाख १७ हजार ३ सय ६ आएको तथ्यांक छ । यो महिना अघिल्लो वर्षको तुलनामा भने ६ प्रतिशत धेरै पर्यटक आएका छन् ।

१० महिनामा साढे ९ लाख पर्यटक

यो वर्ष १० महिनामा साढे ९ लाख पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक आएका थिए । अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ र अक्टोबरमा १ लाख २४ हजा ३ सय ९३ पर्यटक आएका थिए ।

२०२४ को कुन महिना कति पर्यटक ?

  • जनवरी : ७९,१००
  • फेब्रुअरी : ९७,४२६
  • मार्च : १,२८,१६७
  • अप्रिल : १,११,३७६
  • मे : ९०,२११
  • जुन : ७६,७३६
  • जुलाई : ६४,५९९
  • अगस्ट : ७२,७१९
  • सेप्टेम्बर : ९६,३०५
  • अक्टोबर : १,२४,३९३

भारतीय हाराहारी अमेरिकी

अक्टोबरमा भारतीय हाराहारी नै अमेरिकी पर्यटक नेपाल आएका छन् । तथ्यांक अनुसार अक्टोबरमा १६ हजार ३ सय १३ भारतीय र १६ हजार २३ अमेरिकी पर्यटक नेपाल आएका छन् ।

त्यस्तै बेलायतबाट ८ हजार १९ र चीनबाट ७ हजार ७ सय ५० पर्यटक आएको तथ्यांकले देखाएको छ ।

अस्ट्रेलियाबाट ६ हजार ९ सय २९, जर्मनी ६ हजार १८, फ्रान्स ५ हजार ४ सय ८५, बंगलादेश ४ हजार ४ सय ७६, श्रीलंका ३ हजार १ सय २५ र इटालीबाट २ हजार ६ सय ३५ जना आएका छन् ।

Page Views: 63
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama