Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रवीलाई संसदीय समितिले सहकारी ठगीमा सफाइ दिएकै हो : अध्यक्ष दाहाल

- shuvadmin / मङ्गलबार, कार्तिक २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको खुलेर प्रतिरक्षा गरेका छन् ।

सहकारी ठगीको आरोपमा संसदीय समितिले रविलाई सफाइ दिए पनि सरकारले प्रतिशोधपूर्वक पक्राउ गरेको उनले बताए ।

इन्द्रेणीका कलाकारहरुको टोली अस्ति प्रचण्ड निवास खुमलटारमा देउसी खेल्न गएको थियो ।

देउसी र नाचगानपछि इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले दाहालसामु संक्षिप्त कुराकानी गरेका थिए । उक्त कार्यक्रमको भिडिओ हिजो युट्यूवमा अपलोड भएको छ ।

दाहालले आफू प्रधानमन्त्री बन्दाखेरि सबै सुरक्षा निकायहरुबाट सहकारी ठगीको विषयमा रविको संलग्नताबारे बुझेको स्मरण गरे ।

त्यसबेला रविको कुनै गल्ती नरहेको रिपोर्ट सबैतिरबाट पाएपछि संसदमा उभिएर बोलेको उनले बताए ।
दाहालको भनाइ उनकै शब्दमाः

पहिलो कुरा, म प्रधानमत्री हुँदै गर्दा रवि दुईचोटि गृहमन्त्री हुनुभो । गृहमन्त्री हुँदा उहाँले कयौं काम नयाँ ढंगले अगाडि बढाउन खोजेकै हो भन्ने मलाई थाहा छ ।

सहकारीको विषयमा संसदीय समिति बनाएर छानविन गर्न म र रवि तयार भएका थियौं । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली यसको पक्षमा हुनुहुन्थेन ।

बरु रवि लामिछानेले नै यो झमेला, सदनभित्र गतिरोधभन्दा मेरो बारेमा छानविन होस भन्ने आँट गरेकै हो ।

मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्ता एजेन्सी, आइजीपीहरुदेखि पोखरा, बुटबल लगायत सबैतिर सोधेको थिएँ ।

मैले सहकारीमा रविको गल्ति छ भने कारवाही होस र यदि गल्ति छैन भने यो होहल्ला रोकिनुपर्यो भन्दाखेरि सहकारीमा रविको कहीँ कतै गल्ति देखिँदैन हजुर भनेर सबैले भनेका हुन् ।

त्यसपछि मैले संसदमा गएर राज्यका सुरक्षा अंगहरुले सहकारीको मुद्दामा रविको गल्ती छैन भन्छन् भनेर बोलेको हो ।

म नै प्रधानमन्त्री भएको बेला मेरै प्रस्तावमा समिति बन्यो । छानविन पनि भयो । समितिले सहकारीमा रवि लामिछाने दोषी देखिएनन् भनेर सहकारी ठगीबाट सफाइ दियो ।

समितिका अध्यक्षले नै सहकारीमा चाहीँ रविको दोष देखिएन भनेर सार्वजनिकरूपमा बोल्नु पनि भएको छ ।

तर, गोर्खा मिडियामा सहकारीको पैसा प्रयोग भएकोमा भने अनुसन्धान हुनुपर्छ भनेर समितिले भन्यो । त्यही विषयमा रविलाई गिरफ्तार गरिएको छ ।

यदि त्यसमा पनि रविको दोष छ भने उनलाई कारवाही गर्न हुँदैन भन्ने मेरो कहीँ कतै भनाइ छैन् ।

कतिपय मान्छेले मैले सभा गरे पनि रविकै लागि भन्या छन् । यदि कहीँ कमजोरी छ, दोषि छ भने कारवाहीको दायरामा आउनुपर्छ ।

हिजो म नै प्रधानमन्त्री हुँदा माओवादीकै कुनै नेता पर्छ भने, प्रचण्ड नै दोषि देखिन्छ भने नछोड भनेको थिएँ ।

तर,यहाँ अहिले सरकारले गरेको पूर्वाग्रही छ भन्ने भनाइ हो मेरो । छानविन समितिले रविभन्दा चर्को आलोचना गरेर कांग्रेस र एमालेसँग सम्बन्धित मान्छेलाई आरोपित गरेको छ ।

उनीहरुलाई चैं बचाउने । रविलाई मात्रै गिरफ्तार गरेर प्रतिशोध लिन खोज्याजस्तो देखिया छ, त्यो बेठिक छ भन्ने मेरो भनाइ हो ।

रविले भनिराख्नु भएकै छ, अदालतप्रति भरोसा छ भनेर । यदि दोषि भेटिए कारवाही भोग्न तयार छु भन्नुभएको छ ।

तर, जसरी हिरासतमा लिइएको छ। उहाँ भागेर जाने अवस्था त थिएन । बोलाएर सोध्दै मुद्दा चलाए पनि हुन्थ्यो । अस्ति बालुवाटारमा मैले प्रधानमन्त्री र कांग्रेस सभापतिको अगाडि नै भन्या थिएँ ।

जो नेता होस या कोही व्यवसायी, यदि देश छोडेर भाग्ने अवस्था छैन भने उसलाई लगेर हिरासतमै राख्नुपर्छ भन्ने छैन् ।

बोलाउँदै बयान लिँदै मुद्दा हालेर अदालतलाई फैसला गर्ने अधिकार दिँदा हुन्थ्यो भनेको थिएँ । मेरो यो भनाइ हो ।

तर, यो सरकार बडो पूर्वाग्रही भएर आफ्नो नजिकका भ्रष्टलाई जसरी पनि जोगाउने र राजनीतिक आलोचक छ भने भए–नभएको दोष थुपार्ने काममा लागेको छ । त्यो गलत हो भन्ने मेरो भनाइ हो ।

Page Views: 64
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama