Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मानव तस्करीको आरोप लागेर मन्त्रीबाट राजीनामा दिएको ४ दिनमै पक्राउ परे एमाले नेता अधिकारी

- shuvadmin / आइतबार, कार्तिक २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

विराटनगर, कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन्। उनलाई विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मन्त्रीबाट राजीनामा दिएको ४ दिनमा नै अधिकारी पक्राउ परेका हुन्।

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ।

नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

कात्तिक २१ गते बुधबार मात्र उनले कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीको पदबाट राजीनामा दिएका थिए।

प्रदेश मन्त्रिपरिषद् र संघ सरकारको अनुमति बेगर नै जापान गएको र अरु व्यक्तिलाई पनि पैसा लिएर जापान लगेको विषय सार्वजनिक भएपछि अधिकारीले बुधबार राजीनामा दिएका थिए।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ।

तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए। उनलाई जापानको अध्यागमनले जापान प्रवेश गर्न नै नदिई फिर्ता पठाएको थियो।

अधिकारी गत कात्तिक १३ गते जापानको टोकियोमा हुने एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुने भन्दै गएका थिए। तर, स्रोतका अनुसार उनी उक्त कार्यक्रममा सहभागी नभई फर्केपछि थप विवादमा परेका थिए।

काठमाडौँ फर्कँदा मन्त्री हुँ भन्दै विमानस्थलबाट बाहिरिएका अधिकारीसँगै गएका तीन जना भने यसअघि नै पक्राउ परेका थिए।

Page Views: 71
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama