Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालले कुवेतलाई १६५ रनले हरायो, कप्तान पूजा महतोको कीर्तिमानी प्रदर्शन

- shuvadmin / मङ्गलबार, कार्तिक २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले चौथो जीत निकालेको छ ।

चौथो जीत दर्ता गर्नेक्रममा नेपालले मंगलबार कुवेतलाई १ सय ६५ रनले हरायो ।

जारी प्रतियोगितामा कुवेतसँगको पहिलो भेटमा नेपाल १ सय ८ रनले विजयी भएको थियो । कुवेतको भने यो लगातार पाँचौं हार हो ।

पाँचौं खेलमा नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमा अलआउट भयो ।

उसका लागि कप्तान जिफा जिलानीले ४२ बलमा सर्वाधिक ३६ रन बनाउन बनाइन् । बाँकी ब्याटरले भने दोहारो अंकमा समेत रन बनाउन सकेनन् ।

कुवेतका ८ ब्याटर शून्यमै आउट भए । नेपालका लागि कप्तान पुजा महतोले घातक बलिङ गरिन् ।

उनले चार ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् । योसँगै पुजा नेपालका लागि एउटै खेलमा शतक र पाँच विकेट लिने पहिलो महिला क्रिकेटर बनेकी छन् ।

यस्तै, कुवेतविरुद्ध रचना चौधरी र सिमाना केसीको नाममा दुईरदुई विकेट रह्यो ।

त्यसअघि दुबईस्थित द सेभेन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो ।

नेपालका लागि कप्तान पुजा महतोले शतकीय इनिङ खेलिन् । उनले ६९ बलमा १७ चौकासहित अविजित १३० रनको पारी खेलेकी हुन् ।

योसँगै पुजाले इतिहास रचिन् । उनी अब यू–१९ क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छन् ।

यस्तै, पुजाले नेपालका लागि महिला क्रिकेटमा उच्च स्कोर बनाउने रेकर्ड पनि बनाइन् ।

यस्तै, कुवेतविरुद्ध सोनी पाख्रिनले अविजित ४३, सावित्री धामीले ११ तथा साना प्रवीनले ६ रन जोडे ।

कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले एकरएक विकेट लिए ।

यो जीतपछि विश्वकपमा छनोट हुने नेपालको सम्भावना जीवितै रहेको छ । त्यसका लागि नेपालले बुधबार आयोजक यूएईलाई हराउनुपर्ने समीकरण बनेको छ ।

प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चारमा जित र एकमा हार बेहोरेको छ । नेपाल ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

पुछारमा रहेको कुवेत भने पाँच म्याच खेल्दा अंकविहीन छ । छनोट प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।

तालिकाको शीर्ष स्थानमा रहने टिमले आउँदो वर्ष मलेसियामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

Page Views: 104
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
  • रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता
  • रास्वपाको सचिवालय बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
  • आज कोशी, बागमती र गण्डकी प्रदेशको केहि भू-भागमा भारी वर्षा हुने
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
  • बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama