Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार २७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फाइनान्स समूह चम्कंदा कारोबार र सूचक दुवैमा गिरावट

- shuvadmin / मङ्गलबार, कार्तिक २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक ०.४० प्रतिशत अर्थात ११.२४ अंकले घटेर २ हजार ७४८.९६ विन्दूमा सीमित बनेको छ ।

मंगलवार बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले घटेर ४८८.७८ विन्दूमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

मंगलवारको कारोबार सोमवारको तुलनामा कम हो । अघिल्लो दिन ११ अर्ब बढीको कारोबार भएको थियो ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो ।

यो समूह आज १.१२ प्रतिशतले बढेर ३ हजार ६१३ विन्दूमा पुग्यो । यस्तै आज निर्जीवन बीमा समूह ०.१३ र व्यापार समूह ०.३५ प्रतिशतले घट्यो ।

यो दिन अन्य समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.१८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३५ प्रतिशत, विकास बैंक ०.३१, होटल ०.१५,हाईड्रो ०.५७,लगानी ०.३५,जीवन बीमा ०.४४,उत्पादन तथा प्रशोधन ०.०२,लघुवित्त ०.६७ र म्युचुअल फण्ड ०.१३ प्रतिशतले घट्यो ।

आज गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड २८ लाख बढीको कारोबार भयो ।

वेष्ट फाइनान्सको आज २९ करोड २५ लाख,आँखुखोला जलविद्युत २५ करोड ५९ लाख,जानकी फाइनान्सको २० करोड ५९ लाख र पिपुल्स पावरको १९ करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज गुराँस लघुवित्त, मेन्छियाम हाईड्रो,वेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै समृद्धि फाइनान्स ९.६१ प्रतिशत, समाज लघुवित्त ७.२५ र सपोर्ट माईक्रोफाइनान्सको सेयरमूल्य ७.२२ प्रतिशतले बढ््यो ।

यो दिन गूडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.३६ प्रतिशतले घट्यो ।

आँखुखोला जलविद्युतको सेयरमूल्य पनि आज ४.९१ र माछापुच्छ्रे बैंकको सेयरमूल्य ४.५९ प्रतिशतले घट्यो ।

Page Views: 76
संबन्धित शिर्षकहरु
सुन र चाँदी दुवैको मूल्य वृद्धि
सुनचाँदीको मूल्य घट्याे
उखु किसानकाे झण्डै दुई अर्ब रुपैयाँ भुक्तानी
ताजा अपडेट
  • ओझेलमा मादीकाे ‘सोझो कुनाको झरना’
  • सूर्यमानकाे पहलमा भक्तपुर मोडेल अस्पतालमा ३० प्रतिशत छुट
  • नुवाकोटमा ५ हजार कफी बिरुवा वृक्षारोपण अभियान सञ्चालन हुँदै
  • आत्मदाहको प्रयास गरेका गणेशकाे निधन
  • सुन र चाँदी दुवैको मूल्य वृद्धि
  • मुख्यसचिव कार्कीले गरे पदबहाली
  • जडीबुटी क्षेत्रमा पैदलयात्रुलाई दुःख दिने ३२ जना पक्राउ
  • राष्ट्रपतिद्वारा चारवटा विधेयक प्रमाणीकरण

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama