Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माओवादी अध्यक्ष दाहालको भनाई प्रति एमालेको आपत्ति, नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना भएको ठहर

- shuvadmin / आइतबार, मङि्सर ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली प्रति लगाएको लाञ्छना प्रति नेकपा ९एमाले०ले आपत्ति जनाएको छ ।

नेकपा एमालेका परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति प्रकाशित गरी माओवादी अध्यक्ष दाहालले १४ नोभेम्बरमा द हिन्दुसँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी ओलीले चाइना कार्ड प्रयोग गरे भनी गरेको टिप्पणीको भर्त्सना गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्री केपी ओलीले ‘चाइना कार्ड प्रयोग गरेर’ चीन भ्रमणको निर्णयलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्‍याउने कार्य हो’, विज्ञप्तिमा लेखिएको छ ।

यस्तो कार्य कूटनीतिक प्रोटोकलको सरासर उल्लङ्घन भएको एमालेले जनाएको छ । उहाँको अभिव्यक्तिले नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना भएको एमालेको ठहर छ ।

सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन, प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, झुटो दाबी गरिएको ‘कार्ड कूटनीति’ को जुवा होइन’, विज्ञप्तिमा लेखिएको छ ।

प्रचण्डको भनाइले नेपालले आफ्ना दुई मित्र छिमेकी भारत र चीनसँग कायम राखेको सन्तुलनलाई कमजोर बनाउने एमालेको ठहर छ ।

एमाले भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको स्पष्ट पारेको छ ।

यस्ता विचारहीन टिप्पणीले दुई छिमेकी राष्ट्रहरूसँग नेपालको बलियो र समान साझेदारीलाई जोखिममा पार्ने खतरा रहेको एमालेले जनाएको छ ।

राष्ट्रिय बहसमा रचनात्मक रूपमा संलग्न हुनुको सट्टा दाहालले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने आधारहीन आरोप लगाएको एमालेले जनाएको छ । ‘

उहाँको भनाइले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व र राजनीति प्रदर्शन गरेको एमालेको दावी छ ।

उहाँको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिको दृष्टिकोणले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै भारत र चीन दुवैसँग आपसी सम्मान र सहयोगलाई बढवा दिन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको एमालेले स्पष्ट पारेको छ ।

यसले बुद्धि, सावधानी र जिम्मेवारीको माग गर्ने बताउँदै एमालेले दाहालको भनाइ निराधार मात्रै नभई नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक रहेको जनाएको छ ।

नेपालको परराष्ट्र नीति मौलिक रूपमा असंलग्नता, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तमा आधारित रहेको एमालेले स्पष्ट पारेको छ ।

नेकपा एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।

Page Views: 77
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama