Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काँग्रेस महामन्त्री थापाले गरे वीपी अध्ययन केन्द्रको उद्घाटन

- shuvadmin / आइतबार, मङि्सर ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिन्धुपाल्चोक, काँग्रेस महामन्त्री गगनकुमार थापाले जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको नवनिर्मित भवन वीपी अध्ययन् केन्द्र’ को उद्घाटन गरेका छन् ।

सिन्धुपाल्चोकको चौतारामा भवन उद्घाटनपछि महामन्त्री थापाले बर्तमान गठबन्धनको सरकारको औचित्य संसदबाट गर्नुपर्ने महामन्त्री थापाले धारणा ब्यक्त गरे ।

नेपाली काँग्रेस र एमालेको सरकारले ४० वटा कानुन बनाउनु पर्ने अभिभारा रहेको पनि उनले बताए ।

मुलुकमा बिकास गर्न धमाधम कानुन बनाउने, संसदमा ल्याउने र दिनरात नभनी काम गरेर टुंग्याए मात्र सरकार सफल हुने उनको जिकिर गरे ।

काँग्रेस नेता, कार्यकर्ताले ब्यक्तिगत रकम सहयोग गरेर सो भवन निर्माण गरिएको सभापति जंगबहादुर लामाले जानकारी दिए ।

नेपाली काँग्रेस पूर्वजिल्ला सभापति रोहिणीराज सिग्देल, पूर्वजिल्ला सभापति भूपेन्द्रबहादुर थापाबाट प्राप्त जग्गामा पूर्व सभापति स्वः बिकास लामाको कार्यालयमा पूर्व महामन्त्री प्रकाशमान सिहंले २०७४ भदौ २५ गते उक्त भवन निर्माणका लागि शिलान्यास गरेका थिए ।

महामन्त्री थापाले महामानव वीपी कोइराला, स्वः सभापतिद्वय सिग्देल र लामाको शालिक अनावरण गरेका थिए ।

सभापति लामाका अनुसार उक्त भवन निर्माणका लागि इन्द्रावती गाउँपालिका –३ हाल चौतारा निवासी भूपेन्द्र थापाले १५ लाख ४९ हजार १५५ रुपियाँ, इन्द्रावती गापा–९ महासमिति सदस्य राजु गोर्खालीले १० लाख, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ५ लाख ६८ हजार ७ सय सहयोग गरेका छन् ।

त्यस्तै, सुनकोशी गाउँपालिका –६ का रामशरण भण्डारीले ५ लाख, इन्द्रावती गापा–७ का केशव श्रेष्ठले ४ लाख ८० हजार, इन्द्रावती गापा–५ का दिनेश खरेलले ३ लाख १३ हजार ३३३, उपसभापति तथा भोटेकोशी गापा–१ का दार्जे लामा (हाउडे) ले ३ लाख ११ हजार १११ रुपियाँ, इन्द्रावती गापाका पूर्वअध्यक्ष बंशलाल तामाङले ३ लाख ८ हजार ८ सय रुपियाँ, चौतारा साँगचोकगढी नगरपालिका–७ का रुपक धितालले २ लाख ५१ हजार १०५ रुपियाँ सहयोग गरेका हुन् । भवन निर्माणका लागि अन्य दाताहरुले समेत सहयोग गरेका छन् ।

Page Views: 80
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama