Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘कांग्रेसले जित्ने रिपोर्ट पाएको छु’ : कृष्णमान डंगोल, कीर्तिपुरका कांग्रेस उम्मेदवार

- shuvadmin / मङ्गलबार, मङि्सर ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जित्दै आएको थियो । तर ऐतिहासिक जित निकाल्ने राजकुमार नकर्मीको निधन भएकाले उपचुनाव हुँदैछ ।

यो उपचुनावमा कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ, र नेताहरू प्रचार अभियानमा व्यस्त छन् । मेयरका उम्मेदवार डंगोल पनि जित्ने आत्मविश्वासका साथ मत मागिरहेका छन् । उनी भन्छन्, ‘म जित्नेमा ढुक्क छु । हाम्रो जनप्रतिनिधिहरूले काम गरिरहेको अवस्था छ । प्रदेश र संघको सांसद कांग्रेसकै छन् ।’

प्रस्तुत छ, कांग्रेस उम्मेदवार डंगोलसँग गरिएको कुराकानीको सम्पादित अंश :

चुनावी प्रचारका लागि अब धेरै समय बाँकी छैन । अधिकांश ठाउँ पुगिसक्नुभएको छ । अहिलेसम्मको अवस्थाले कुन स्थानमा छु भन्ने आकलन गर्नुभएको छ ?

घरदैलोका केही केही वडा बाँकी छ । बाँकी रहेका वडाहरूमा तीन दिनभित्र सकिन्छ । १३ गते आमसभा हुन्छ । दुई जना महामन्त्री आउने कुरा छ । वडाहरू घुम्ने क्रममा विकास निर्माणका कामहरू धेरै रफ्तारमा भएको पाएँ । विकास निर्माणका अधुरा कामहरू अब दुई वर्षमा सकिन्छ । विकास निर्माण भनेको बाटोघाटो मात्रै होइन । सहज तरिकाले स्वास्थ्य लाभ हुुनुपर्दछ । बासिन्दा पूर्ण शिक्षित हुनुपर्दछ ।

यहाँ हेभिवेट उठाएको कुरा पनि गर्छन् । चुनाव बक्सिङको रिङ नभएको हुँदा हेभिवेट भएर हुँदैन । जनताको मनको कुरा बुझ्ने उम्मेदवार चाहिन्छ । यो ठाउँको समस्या बुझ्ने उम्मेदवार चाहिन्छ । उम्मेदवारी दर्ता पछि साँझ–बिहान घरदैलो र कोठे मिटिङ भइरहेको छ । घरदैलो गर्दा अरू दलको भन्दा धेरै जना हाम्रोमा छन् ।

सर्वेक्षण भएको रिपोर्ट पनि आइरहेको छ । रिपोर्टमा आए अनुसार हाम्रो पल्ला भारी छ ।

सर्वेक्षण गरेको कांग्रेस निकटहरूले कि अरू स्वतन्त्रले ?

स्वतन्त्र रूपमा गरेको सर्वेको रिपोर्ट हो । तपाईंले अरू बढी मतले जित्नुहुन्छ भनेर अन्य पार्टीकाले पनि भन्नुभएको छ ।

२५ वर्षपछि गत निर्वाचनमा यहाँ कांग्रेसले जितेको हो । त्यो जितलाई जोगाउने चुनौती तपाईंलाई छ । जितलाई कायम राख्न सक्नुहोला ?

म जित्नेमा ढुक्क छु । हाम्रा जनप्रतिनिधिहरूले काम गरिरहेको अवस्था छ । प्रदेश र संघको सांसद कांग्रेसकै छन् । यो ठाउँलाई जहिले पनि म क्रान्तिभूमि भन्छु । परिवर्तन चाहने क्षेत्र हो ।

जनप्रतिनिधिप्रति नागरिकहरू खुसी भएको खासै देखिन्न । यहाँ प्रमुख र ९ वडामा कांग्रेसले जितेको थियो । जनप्रतिनिधिले गरेका कामले मत माग्न साथ दिएको छ ?

घरदैलोमा उम्मेदवार डंगोल ।

केही केहीले त विकास भएन भन्छन् । स्वतन्त्र भनेका उम्मेदवारले अनावश्यक प्रोपोगाण्डा चलाउने गरेका छन् । यो गरेन, त्यो गरेन भनिरहेका छन् ।

म त यहीं जन्मेको मान्छे हो नि ! म बसाइँ सरेको पनि होइन । मेरो सात पुस्तादेखि यहीं बसेका छौं । यहाँको हरेक समस्या हेरिरहेको छु । स्वास्थ्य, शिक्षा, बाटोघाटो मैले बुझेको छु । पहिलाको कस्तो अवस्था थियो, अहिले कस्तो छ, मैले बुझेको छु । विकास एउटा गर्‍यो, अर्को आवश्यकता हुन्छ । चल्दै जाने प्रक्रिया हो ।

यहाँ दलगत भन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी छ । तपाईंको लागि चुनौती दलहरू हुन् कि स्वतन्त्र ?

स्वतन्त्रबाट खासै मलाई केही पनि छैन । बालेनले स्वतन्त्रमा जिते भन्दैमा अरूले जित्नुपर्छ भन्ने हुँदैन नि ! कीर्तिपुर नगरपालिकाको एक अर्ब २७ करोड बजेट हुने ठाउँ न हो । आन्तरिक स्रोत पनि कम छ ।
बजेट विभिन्न निकायबाट ल्याउनुपर्छ । केन्द्र र प्रदेशमा दलहरूकै सरकार छ त । मुहार फेर्नलाई बजेट ल्याउनुपर्‍यो । केन्द्र र प्रदेशमा कांग्रेस सरकारमा भएकाले त्यहाँबाट बजेट ल्याउन सकिन्छ ।

कीर्तिपुरको मुहार फेर्न तपाईंले गर्न खोज्नुभएको चाहिं के हो ?

जनताको चाहना पनि छ । मेरो पनि एजेण्डाहरू छन् । शिक्षा, स्वास्थ्य, रोजगारी मेरो एजेण्डा हुन् । यो ऐतिहासिक, सांस्कृतिक र सम्पदाले भरिएको नगरी हो । प्राकृतिक संग्रहालयका रूपमा स्थापित गर्ने मेरो चाहना छ ।

कांग्रेसले घोषणा गर्छ तर काम गर्दैन भन्ने मतदाताको गुनासो रहेछ । फोहोरमैला निःशुल्क उठाउने भन्नुभयो । कार्यान्वयन भएन नि ?

त्यो कुरा कांग्रेसको स्थानीय सरकार आउनु भन्दा अगाडिको हो । जादूको छडी जस्तो तुरुन्तै हुँदैन । निःशुल्क गर्ने प्रक्रियामा छौं । पूर्ण रूपमा निःशुल्क गर्न नसके पनि न्यून शुल्क राख्छौं । १/२ वर्ष लाग्ला, हामीले निःशुल्क गर्छौं । फोहोरलाई मोहरमा बदल्ने प्रोजेक्ट पनि सुरु भएको छ ।

कांग्रेस पराजित हुँदा अरूले होइन, पार्टीभित्रको अन्तर्घात कारण रहेको भनिने प्रचलन छ । कांग्रेसभित्रको समस्या यहाँ चाहिं कस्तो छ ?

कांग्रेस एकढिक्का भयो भने कसैले हराउन सक्दैन । आकांक्षीहरू धेरै भएकाले यहाँ अन्तर्घात हुन्छ कि भन्ने आकलन गरेका थिए । हामी त्यसमा सचेत छौं । सूक्ष्म तरिकाले अवलोकन गरिरहेका छौं । अन्तर्घातको डर मेटिएको छ । प्रचारप्रसारमा एक ढिक्का भएर लागेका छौं । शत्रुता पार्टीभित्र छैन ।

अनलाइनखबरबाट

Page Views: 59
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा वर्षा हुने
आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
ताजा अपडेट
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama