Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जाडोयाम सुरु भएसँगै बेसी झर्न थाले उत्तरी गोरखाका भेडीगोठ

- shuvadmin / शनिबार, मङि्सर १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

गोरखा, जाडोयाम सुरु भएसँगै उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेडी गोठहरू बेसी झर्न थालेका छन् ।

चिसो बढेसँगै लेकमा घाँसको अभाव हुँदै जानु र अत्यधिक मात्रामा चिसोले गर्दा पनि हिमाली भेगमा रहेका भेडा च्याङ्ग्रा बेसी झार्न थालिएका हुन् ।

जेठ महिनादेखि उत्तरी गोरखाको हिमाली भेगमा लगिएको भेडा–च्याङ्ग्रा चाडपर्व सकिएसँगै बिस्तारै बेसी झारिरहेका छन् ।

यतिबेला बारपाक सुलीकोट गाउँपालिकाभित्र रहेका म्याम्चे, नागपोखरी लगायत क्षेत्रमा भेडाहरूको बथानले घाँसे मैदान भरिभराउ रहेको छ ।

गोरखाका ४ वटा पालिकाहरू चुमनुब्री, धार्चे, बारपाक सुलीकोट र अजिरकोट गाउँपालिकामा किसानले भेडा पाल्दै आएका छन् ।

गोरखाको उत्तरी क्षेत्रमा बडुवाल र म्याङलुङ र तल्लो क्षेत्रमा काँक्रे जातका भेडा किसानले पाल्दै आएका छन् ।

भेडा किसानले मौसम हेरेर कहिले लेकमा कहिले बेसी झार्ने गरेका छन् । उत्तरी गोरखाका भेडापालक किसानले कम्तीमा २ सयदेखि १ हजार भेडा पाल्ने गरेका पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा. अनन्त कोइरालाले बताए ।

अहिले गोरखामा सबैभन्दा ठुलो भेडा फार्म चुमनुब्री गाउँपालिका–३ स्थित पाङसिङमा रहेको भेडा पालक किसान सुरेन्द्र गुरुङले बताए ।

भेडाहरू बेसी झारेसँगै किसानहरूले ऊन काट्ने गर्छन् । एउटा भेडाबाट सातसय ग्रामसम्म ऊन काट्ने गरिएको बारपाक सुलीकोट गाउँपालिका–१ का किसान रणबहादुर घलेको भनाइ छ ।

सो भेडाको ऊनबाट बख्खु, टोपी, सल, कानेटोपी, राडीपाखी, बनाउन प्रयोग गर्ने गरिएको छ ।

बनाएका सामग्री गाउँघर तथा बिदेशी पर्यटकले लिएर जाने गरेका भेडापालक किसान लालबहादुर गुरुङले बताए ।

अहिले कम्तीमा एक फार्म भेडा पालक किसानले बार्षिक भेडा बेचेर न्युनतम १० देखि १५ लाख रुपियाँसम्म कमाउने गरेको बारपाक सुलीकोट गाउँपालिकाका पशु प्राबिधिक बिरबल घलले बताए ।

अहिले बारपाक सुलीकोटमा मात्र २० गोठ भेडाहरु रहेका छन् । यस गाउँपालिका भरिमा झण्डै ५ हजार भेडाहरु रहेका पशु प्राबिधिक घलेले जानकारी दिए ।

भेडालाई राम्रो मूल्य पाउन कम्तीमा ३ बर्ष पाल्नुपर्ने हुन्छ । भेडा भने गाउँघरमै जति पनि बिक्री हुने गरेकाले भेडापालक किसानले भेडाबाट राम्रो आम्दानी गर्दै आएका भेडापालक किसान रणबहादर घलेले बताए ।

Page Views: 52
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama