Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार ३१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हरायो

- shuvadmin / शनिबार, मङि्सर १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुर बोट्ल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हरायो ।

जितका लागि एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि लाहिरुले अविजित ७५ रन बनाए ।

उनले ५३ बलमा नौ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका थिए । हर्ष थाकेरले अविजित २९ रन बनाए ।

बलिङमा विराटनगरका चेरिस सोल र प्रतिश जिसीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो ।

विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेले ५५ रन बनाएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हाने अकिब इल्यासले १५ रन बनाए ।

ओपनर लोकेश बम पाँच रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिए ।

किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन र बेन माइकले एक विकेट लिए । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।

Page Views: 59
संबन्धित शिर्षकहरु
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama