Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यु–१९ एसिया कप क्रिकेटमा बङ्गलादेशसँग नेपालको फराकिलो हार

- shuvadmin / आइतबार, मङि्सर १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार खेपेको छ ।

समूह ‘बी’ अन्तर्गत आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भयो ।

जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २८.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

बङ्गलादेशका लागि ओपनर जवाड अबररले ५९ रन बनाए । कप्तान अजिजुल हासिकमले अविजित ५२ र फरिद हसनले १३ रन बनाए ।

बलिङमा नेपालका युवराज खत्रीले चार विकेट लिए । उनले ६ ओभरमा २३ रन खर्चिएर उक्त विकेट लिएका हुन् ।

हेमन्त धामीले एक विकेट झारे । यसअघि दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । उत्तम रङ्गु थापामगर र अभिषेक तिवारीले २९/२९ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न बङ्गलादेशका अल फहाद, मोहम्मद इकबाल हसन इमोन र रिजन हुसेनले दुई/दुई विकेट लिए ।

साद इस्लाम रजीन, मोहम्मद रफी उज्जामान र मोहम्मद अजिजुल हाकिम तमिमले एक एक विकेट झारे ।

नेपाल पहिलो खेलमा श्रीलङ्कसँग ५५ रनले पराजित भएको थियो । नेपालले अब समूहको अन्तिम खेल मङ्गलबार अफगानिस्तानसँग खेल्नेछ ।

लगातार दुई हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ ।

Page Views: 64
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama