Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमको रवाफिलो जीत, विराटनगरको लगातार दोस्रो हार

- shuvadmin / मङ्गलबार, मङि्सर १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । विराटनगरको यो लगातार दोस्रो हार हो ।

सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदै अलआउट भयो ।

विराटनगरका लागि बासिर अहमदले २४ र राजेश पुलामी मगरले १५ रन बनाए । क्रिश सोल र अनिल खरेलले क्रमशस् ९ र १० रन जोडे ।

अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ओपनर मार्टिन गप्टिल गोल्डन डकआउट भए ।

सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजन र अविनाश बोहराले ३/३ तथा ब्राण्डन म्याकमुलन र इशान पाण्डेले १–१ विकेट लिए ।

यसअघि सुदूरपश्चिमले पूरैओभर खेलेर ७ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । यो अहिलेसम्मकै उच्च स्कोर हो ।

यसअघि सोमबार जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले बनाएको १४१ रन नै उच्च स्कोर थियो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५७ रन बनाए । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै, इशान पाण्डेले ३८, ब्राण्डन म्याकमुलनले ३६, विनोद भण्डारीले २३, सैफ जैबले १४, स्कट कुग्गेलिजनले १०, आरिफ शेखले ९, र अमित श्रेष्ठले १ रन जोडे ।

विराटनगरका लागि अनिल खरेलले ३ तथा क्रिस सोल, इस्मात आलम र बसिर अहमदले १/१ विकेट लिए ।

अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

Page Views: 76
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama