Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपनिर्वाचनबाट एक्लै चुनाव लड्ने जनादेश प्राप्त : अध्यक्ष दाहाल

- shuvadmin / मङ्गलबार, मङि्सर १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध आफूले अघि सारेका एजेन्डा उपनिर्वाचनबाट अनुमोदित भएको बताएका छन्।

‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ,’ दाहालले विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ।

उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्णरूपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।

यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको छ।’

अध्यक्ष दानहालले मतदातालाई आभार प्रकट गर्दै आफूले अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका हुन्।

‘हाम्रो पार्टीले यस निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा नयाँ संकल्पको रूपमा लिएको थियो।

खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ,’

उनको विज्ञप्तिमा भनिएको छ, ‘यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेन्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रूपमा लिनेछ।

यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

Page Views: 73
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama